Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा वैदिक दर्शनबाट प्रेरित हो : अध्यक्ष ओली

खबरडबली संवाददाता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा प्राचीन वैदिक दर्शनबाट प्रेरित रहेको बताएका छन्।

झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त नारा वेदमा उल्लेखित मानवकल्याणको भावनासँग जोडिएको स्पष्ट पारे। उनले वेदको ‘सर्वे भवन्तु सुखिन:, सर्वे सन्तु निरामया:, सर्वे भद्राणि पश्यन्तु’ मन्त्र उद्धृत गर्दै सबै मानिस सुखी रहून्, निरोगी रहून् र कसैलाई दु:ख नपरोस् भन्ने मर्म नै आफ्नो नाराको आधार भएको बताए।

‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर समृद्ध नेपाल र सुखी नेपाली भनेको हुँ। यो हाम्रो वेदहरूले भनेको कुरा हो,’ अध्यक्ष ओलीले भने।

उनले विश्वलाई ज्ञान र सृष्टिका विभिन्न विधा दिने नेपालीका पूर्वजहरू नै रहेको दाबीसमेत गरे। शास्त्र निर्माणदेखि शल्यक्रियाको सुरुआतसमेत यही भूमिसँग जोडिएको उनको भनाइ थियो। ‘त्रेता युगमा ऋषि विश्वामित्रका पुत्र ऋषि सुश्रुत विश्वकै पहिलो सर्जन थिए, पहिलो सर्जरी गर्ने उनी नै थिए,’ ओलीले उल्लेख गरे।

वेदहरूको मूल सन्देशअनुसार सबै मानिस सुखी बनून् भन्ने आफ्नो चाहना रहेको भन्दै अध्यक्ष ओलीले डर, त्रास र आपतविपत्तिरहित समाजको कल्पना अघि सारे। ‘कोही पनि आपतमा नपरोस्, सर्वत्र शान्ति होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासीमा उद्योगपति चौधरीलाई विरासत जोगाउन चुनौती, चतुष्कोणीय प्रतिस्पर्धा कडा

पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता...

बिर्तामोडमा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघ...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च ...

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी

खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुन...

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ ...

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍: मृत्युको कारण मुटुको नसा ब्लकेज

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महार...

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा वैदिक दर्शनबाट प्रेरित हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा प्राचीन वैदिक दर्शनबाट प्रेरित रहेको बताएका छन्...

धादिङको दसकिलोमा तीन वटा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान तीन वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइत...

धादिङको दसकिलोमा दुई बस ठोक्किँदा यात्रु घाइते, एक चालक नियन्त्रणमा

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा यात्रुहरू घाइते भएका छन्। दा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE