Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नवलपरासीमा उद्योगपति चौधरीलाई विरासत जोगाउन चुनौती, चतुष्कोणीय प्रतिस्पर्धा कडा

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता, पुराना अनुभवी राजनीतिज्ञ र नयाँ शक्तिको उदयले यस क्षेत्रको प्रतिस्पर्धालाई चतुष्कोणीय र रोचक बनाएको छ।

चौधरीको दोहोरिने कसरत
नेपाली कांग्रेसका तर्फबाट उद्योगपति बिनोदकुमार चौधरी फेरि मैदानमा हुनुहुन्छ। उहाँ, सडक सञ्जाल र स्वास्थ्य क्षेत्रमा आफूले गरेका कामको फेहरिस्त लिएर मतदाताको घरदैलोमा पुगिरहनुभएको छ। “केही अधुरा काम पूरा गर्न मलाई एक पटक पुन: मौका दिनुहोस्,’’ भन्दै उहाँले मत मागिरहनुभएको छ। यद्यपि, अघिल्लो निर्वाचनका कतिपय प्रतिबद्धता पूरा नभएको भन्दै मतदाताले उहाँलाई प्रश्न गरिरहेका छन्।

त्रिपाठीको ‘साख’ फर्काउने अन्तिम दौड
यस क्षेत्रबाट पाँच पटक निर्वाचन जितिसकेका चतुर खेलाडी हृदयेश त्रिपाठी यस पटक जनता समाजवादी पार्टी ९जसपा० बाट चुनावी मैदानमा हुनुहुन्छ। २०७० र २०७९ मा पराजय भोग्नुभएका त्रिपाठीका लागि यो निर्वाचन गुमेको साख फिर्ता गर्ने ठुलो अवसर हो। यस पटक चार मधेशवादी दलको एकीकरणले उहाँलाई केही राहत दिए पनि स्थानीय तहको अंकगणित र कांग्रेसको बलियो उपस्थितिले उहाँका लागि चुनौती कायमै छ।

खनालको ‘नयाँ’ पाइला र कांग्रेसलाई धक्का
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री पद छाडेर विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार बनेपछि यहाँको राजनीतिमा नयाँ तरंग आएको छ। २०७० का संविधानसभा सदस्य खनालले कांग्रेसभित्रको असन्तुष्ट मत र रास्वपाको बढ्दो क्रेजलाई आफ्नो पक्षमा पार्ने रणनीति लिनुभएको छ। उहाँको उम्मेदवारीले विशेष गरी कांग्रेसको भोट काटिने डर देखिएको छ।

एमालेका पाण्डे: मौन रणनीतिका साथ मैदानमा
यसअघिका निर्वाचनमा त्रिपाठीलाई सघाउँदै आएको नेकपा एमालेले यस पटक सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ। स्थानीय तहमा गरेको काम र पार्टीको संगठनका कारण पाण्डे आफूलाई बलियो प्रतिस्पर्धी ठान्नुहुन्छ। कांग्रेसभित्रको अन्तरद्वन्द्व र पुराना अनुहारप्रतिको वितृष्णाको फाइदा उठाउँदै बाजी मार्ने दाउँमा एमाले देखिन्छ।

यस क्षेत्रमा गत २०७९ को समानुपातिक मत परिणामलाई हेर्दा नेपाली कांग्रेसको २३ हजार ५१५ मत नेकपा एमालेको १७ हजार १७२ मत, रास्वपा को  १० हजार ७१८ मत र जनमत पार्टीको ७ हजार ४१४ मत पाएको थियो ।

यस पटकको निर्वाचनमा कुनै एक पक्षको स्पष्ट वर्चस्व देखिँदैन। चौधरीको विकासका काम, त्रिपाठीको पुरानो अनुभव, खनालको नयाँ शक्ति र पाण्डेको संगठनबीचको चतुष्कोणीय प्रतिस्पर्धाले पश्चिम नवलपरासी–१ को नतिजा निकै रोमाञ्चक हुने पक्का छ।

यो क्षेत्रमा नेकपाकी सिन्धु जलेसा बुढाथोकी, जनमत पार्टीका गणेशबहादुर चौधरी र राप्रपाका नवनितकुमार मिश्र, सहित कुल २६ जना उम्मेदवार चुनावी मैदानमा छन्।  क्षेत्र नम्बर १ मा पर्ने बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकामा कांग्रेसले जितेको छ भने सरावलका केही वडाहरूमा एमालेको वर्चस्व छ। एक लाख २३ हजार ८० मतदाता रहेको यस क्षेत्रमा यस पटक कसले बाजी मार्ला भन्ने विषयमा निकै चासोका साथ हेरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने प्रस्ताव मैले नै उठाएको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, एक घाइते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...

पूर्वाग्रहपूर्ण निर्णयले देश दुर्घटनातर्फ जान सक्छ : नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...

ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending