नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
वाणिज्य दूतावासका अनुसार यो भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा हुन लागेको हो । तर प्रतिनिधि मण्डलमा सहभागी हुने सबै सांसदको नाम सार्वजनिक गरिएको छैन । स्थानीय सञ्चार माध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको छ ।
मर्कोव्स्की हालै डेनमार्क भ्रमणमा गएकी थिइन् । सो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन चाहेको अभिव्यक्तिपछि उत्पन्न तनावबारे छलफल गर्न केन्द्रित थियो । भ्रमणका क्रममा अमेरिकी सांसदहरूले ग्रिनल्याण्डका स्थानीय अधिकारी, संसद् सदस्य तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने छन् ।
वाणिज्य दूतावासका अनुसार उक्त भेटघाटको उद्देश्य ग्रिनल्याण्ड सरकार र जनताको दृष्टिकोण बुझ्नु तथा द्विपक्षीय सम्बन्धबारे छलफल गर्नु रहेको छ । यसैबिच, शुक्रबार फ्रान्स र क्यानडाले नूकमा आ(आफ्ना वाणिज्य दूतावास स्थापना गरेका छन् । फ्रान्सले ग्रिनल्याण्डमा वाणिज्य दूतावास खोलेसँगै स्वशासित डेनिस भूभागमा कूटनीतिक कार्यालय स्थापना गर्ने पहिलो युरोपेली संघको सदस्य राष्ट्र बनेको फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ ।
फ्रान्सले जाँ-नोएल पोइरियेलाई नूकका लागि महावाणिज्य दूतको रूपमा नियुक्त गरेको छ । यस कदमले फ्रान्सको वाणिज्यदूत सेवा सञ्जाललाई सुदृढ बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । क्यानडाको नयाँ वाणिज्यदूतावास उद्घाटन समारोहमा क्यानडाकी विदेश मन्त्री अनिता आनन्द, क्यानडाकी गभर्नर जनरल मेरी साइमन तथा ग्रिनल्याण्डकी विदेश मन्त्री भिभियन मोट्सफेल्ट सहभागी भएका थिए ।
स्थानीय सञ्चार माध्यमका अनुसार साइमनले भ्रमणका क्रममा ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग पनि भेट गर्ने कार्यक्रम छ । विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्क अधिराज्य अन्तर्गतको स्वशासित भूभाग हो । यसको रक्षा र विदेश नीतिको जिम्मेवारी भने कोपनहेगनसँग नै रहेको छ । सन् २०२५ मा पुन: राष्ट्रपति पद सम्हालेपछि डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्, तर युरोपेली मुलुकले उक्त प्रस्तावलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:३१
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...



प्रतिकृया लेख्नुहोस्: