Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यात्रीको रूपमा चढेको व्यक्तिले जहाज चलाउछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण हुने बताएका छन्। 

प्रतिनिधिसभा निर्वाचनमा आफूसँग झापा ५ मा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहप्रति लक्षित गर्दै ओलीले यस्तो अभिव्यक्त दिएका हुन्।

पार्टीको झापा-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेनको नाम नदिइ विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्रीको उम्मेदबार भन्दै प्रचार गरेको बताए। अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट देश नचल्ने उनको तर्क थियो।

‘जहाजमा यात्रुको रूपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु  भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ?’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्लान् त? झुक्किएर कोही चढीहाले भने पनि उसको अवस्था के होला? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ।’

उनले काठमाडौँ बाहिर मतदाता नामावली भएका नेता कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आआफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिए। ‘तपाईंहरु विभिन्न पेशा व्यावशाय गर्न काठमाडौं आउनु भएको छ। अहिले निर्वाचनको माहोल छ’ अध्यक्ष ओलीले भने,  ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस्। पार्टीको पक्षमा माहोल बनाउनुहोस । आफन्त भेट्नुहोस । साथीभाइसँग बस्नुहोस । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’

अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताए।  ‘प्रधानमन्त्रीले हिमालमा हिंउ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें। यो कुनै हालतमा पनि स्विकार्य हुदैन’ उनले भने,  ‘पोहोर हिएँद भन्दाअघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा?’

अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्नेमा जोड दिए। ‘निर्वाचनको तयारी निष्पक्ष,मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधीको अनदेखा हुँनुहुदैन। त्यसमा सबै चनाखो हुनुहोस्।’

अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने भएको सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्नुपर्ने बताए।  ‘विभिन्न फिरंगीहरु आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस।’ अध्यक्ष ओलीले भने, ‘हामीले गरेका विकास निर्माणका काम,सुशासनका काम,जनचेतनाका काम जनतालाई भन्नुहोस । मतदाताको मन जित्ने गरी काम गर्नुहोस।’

कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गरेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending