काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत, जापान र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) ले नेपाललाई सहयोग गर्ने भएका छन्। अर्थमन्त्रालयका अनुसार निर्वाचन व्यवस्थापन, सुरक्षा, प्रविधि तथा जनशक्ति विकासका क्षेत्रमा यी साझेदारहरूको सहयोग प्राप्त हुने भएको हो।
अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार भारत सरकारले निर्वाचन प्रयोजनका लागि सवारी साधन उपलब्ध गराइरहेको छ। गृह मन्त्रालयले सुरुमा ७५० वटा सवारी साधनको माग गरेकोमा अर्थमन्त्रालयले आवश्यकताअनुसार काटछाँट गरी ६५० वटा सवारी साधनको प्रस्ताव भारत सरकारसमक्ष पठाएको थियो। प्रस्तावित संख्यामध्ये हालसम्म ५३८ वटा क्याबिन पिकअप भ्यान नेपाल आइसकेका छन् भने थप ११२ वटा सवारी आउन बाँकी रहेको उनले जानकारी दिए।
भारतले चरणबद्ध रूपमा सवारी साधन उपलब्ध गराउँदै आएको छ। ७ माघ २०८१ मा पहिलो चरणमा ६० वटा भ्यान हस्तान्तरण गरिएको थियो भने दोस्रो चरणमा १६ माघमा २५० वटा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरिएको थियो। केही सवारी औपचारिक कार्यक्रममार्फत हस्तान्तरण भएका छन् भने केही भन्सार प्रक्रिया पूरा गरी सिधै नेपाल भित्रिएका छन्। साथै, भारतले निर्वाचन सुरक्षाका लागि प्रयोग गर्न मिल्ने जालीसहितका ठूला ट्रकसमेत उपलब्ध गराउने तयारी गरेको मन्त्रालयले जनाएको छ।
यस्तै, जापान सरकारले निर्वाचनका लागि नेपाललाई ४० करोड रुपैयाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा अर्थमन्त्रालय र जापान सरकारबीच सम्झौता प्रक्रियामा रहेको अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले बताए। उनका अनुसार केही दिनमै सम्झौता सम्पन्न हुने अपेक्षा गरिएको छ।
यूएनडिपीले भने निर्वाचन आयोगसँग प्रत्यक्ष सम्झौता गरी प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउनेछ। यूएनडिपीको सहयोगमा निर्वाचन लक्षित तालिम कार्यक्रम सञ्चालन गरिनेछ भने कम्प्युटर, प्रिन्टर, सूचना प्रविधि सामग्री तथा स्टेशनरी सामग्री उपलब्ध गराइनेछ।
सरकारले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरेको छ। मन्त्रालयका अनुसार प्राप्त सहयोगले निर्वाचन व्यवस्थापनलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...
श्रावण २३ गते, २०८३ - २१:०१
काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...
श्रावण २३ गते, २०८३ - २०:५७
काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...



प्रतिकृया लेख्नुहोस्: