Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

बैतडीमा चार प्रमुख दलबिच कडा प्रतिस्पर्धा, रास्वपा पुरानो विरासत भत्काउने रणनीतिमा

खबरडबली संवाददाता

वाशुलिङ बैतडी। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँ कोही आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छन् भने कोही पुरानो विरासत भत्काउने रणनीतिसहित मतदातासमक्ष पुगेका छन् ।

बैतडीमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादीबाट आएको नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबबच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारहरूले जिल्लाको समग्र विकास, सुशासन र जन अपेक्षा अनुसारको नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत निर्वाचनमा ३३ हजार ६ सय ११ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता दामोदर भण्डारी चौथोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको छन् । भण्डारी २०७० सालको दोस्रो संविधानसभा तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका अनुभवी नेता छन्। उनी एक पटक अर्थराज्यमन्त्री तथा तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेको छन् ।

उनी आफ्नो राजनीतिक विरासत कायम राख्ने प्रयासमा देखिएको छन् भने अन्य उम्मेदवारहरू उक्त विरासत तोड्ने उद्देश्यसहित मैदानमा छन् ।

कांग्रेसले यसपटक नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष तथा कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । चन्द र भण्डारीबिच पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुँदैछ ।

क्यानको नेतृत्व गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल चन्द लोकप्रीय छविका नेता मानिनुहुन्छ । २०४७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका चन्द शिक्षक संघ बैतडीको अध्यक्ष हुँदै कांग्रेस बैतडीको सभापति बन्नुभएको हो । उहाँ शिक्षक पेशाबाट राजीनामा दिएर पूर्णरूपमा राजनीतिमा सक्रिय भएको हो ।

‘‘जिल्लाको समग्र विकास, युवालाई अवसर र सुशासन स्थापनाका लागि उम्मेदवारी दिएको हुँ,’’ चन्दले भन्नुभयो, ‘‘धेरै आश्वासन होइन, काम गरेर देखाउने मेरो प्रतिबद्धता हो ।’’ क्यानमा देखाएको नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीलाई राजनीतिमा पनि लागू गर्ने उहाँको दाबी छ । चन्द यस निर्वाचनमा कांग्रेसको पुरानो साख फर्काउने दाउमा देखिनुभको छ ।

त्यस्तै, नेकपाले पूर्व जिल्ला सभापति परमानन्द भट्टलाई पहिलो पटक उम्मेदवार बनाएको छ । तत्कालीन एमालेका संस्थापक नेता रहेका भट्ट पछिल्लो समय एकीकृत समाजवादी हुँदै नेकपाबाट चुनावी मैदानमा उत्रिएको हो । उहाँ पनि बैतडीको विकास निर्माण र सुशासन लाई प्रमुख एजेन्डा बनाएको बताउछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस परित्याग गरेका हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा स्वतन्त्रबाट चुनाव लडेको थिए । नयाँ सोच र भिजनसहित वैकल्पिक शक्तिका रूपमा आफुहरू आएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भुपेन्द्र चन्दसहित अन्य उम्मेदवारहरू पनि मैदानमा छन्। यधपी  संगठनात्मक अवस्था कमजोर रहेकाले मुख्य चार दलबीच नै प्रतिस्पर्धा हुने नागरिक अगुवाहरु बताउँछन् । मतदाताले अब ठूला आश्वासन भन्दा पनि व्यवहारिक र परिणाम देखिने नेतृत्व खोजिरहेका स्थानीयहरुले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: