काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू विपरीत काम गर्ने कम्पनीहरूलाई आवश्यक कारबाही गरिएको हो।
कारबाहीमा परेका कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर रहेका छन्।
प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेल का अनुसार नेपाल पुनर्बीमा कम्पनी का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लाई संस्थागत सुधारका लागि सचेत गराउने प्रकृतिको कारबाही गरिएको छ। त्यसैगरी एलियन्ट इन्स्योरेन्स ब्रोकर लाई नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाका लागि निलम्बन गरिएको छ।
अन्य बाँकी कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनअनुसार जनही दुई लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।
बीमा ऐनको दफा १३८(४) अनुसार प्राधिकरणले जारी गरेको निर्देशन उल्लङ्घन गरेमा सम्बन्धित संस्थालाई दुई लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। पहिलो पटक उल्लङ्घन गर्नेका लागि दुई लाख रुपैयाँ, दोस्रो पटक सोही गल्ती दोहोर्याएमा २५ लाख रुपैयाँ र तेस्रो वा सोभन्दा बढी पटक उल्लङ्घन गरेमा प्रत्येक पटक ५० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।
प्राधिकरणले हाल पहिलो पटक उल्लङ्घन गरेको आधारमा सम्बन्धित कम्पनीहरूलाई सोही अनुसार जरिवाना गरेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: