Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन्।

विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गरे ।

“वैज्ञानिक तथ्याङ्कलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,” उनले भने ।

जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याए । साथै, सरकार, प्राविधिक निकाय र सरोकारवालाबीच समन्वय बलियो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढीकरण, प्रविधिको प्रयोग विस्तार तथा संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्ग र वरिष्ठ जलविद् राम विकेशले संयुक्त रूपमा कार्यपत्र प्रस्तुत गर्दै अवलोकनदेखि सेवासम्मको मौसम प्रणालीको विकासक्रम, प्रविधिको प्रयोग तथा भविष्यका योजनाबारे जानकारी गराए ।

उनीहरुले पछिल्लो समय मौसमजन्य पूर्वसूचनाको अवलोकनदेखि सेवासम्म मौसम पूर्वानुमान प्रणाली सुदृढ हुँदै गएको बताए । अवलोकन, विश्लेषण, पूर्वानुमान र सेवामार्फत विपद् न्यूनीकरणमा प्रभावकारी योगदान पुर्याइरहेको उनीहरुको भनाइ छ ।

विश्व मौसम दिवस २०२६ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा मौसमसम्बन्धी सही अवलोकन बिना प्रभावकारी पूर्वानुमान सम्भव नहुने उल्लेख छ । वरिष्ठ मौसमविद् प्रधानाङ्गले मौसमले उड्डययन, कृषि, स्वास्थ्य, दैनिक जनजीवन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विश्वसनीय तथ्याङ्क सङ्कलन आवश्यक रहेको औँल्याए ।

उनका अनुसार देशभरका स्वचालित र ‘म्यानुअल’ मौसम स्टेसन, राडार, उपग्रह तथा रेडियोसन्डे प्रणालीमार्फत वास्तविक समयमै तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । सङ्कलित तथ्याङ्कलाई गुणस्तर परीक्षण तथा विश्लेषण गरी पूर्वानुमान तयार पारिने गरिएको छ ।

सङ्ख्यात्मक मौसम पूर्वानुमान (एनडब्ल्युपी) प्रणालीमार्फत विभिन्न सरकारी निकाय तथा सरोकारवालालाई डेटा उपलब्ध गराउँदै आएको प्रधानाङ्गको भनाइ छ । “यसले यातायात, कृषि, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा निर्णय लिन सहयोग पुर्याइरहेको छ,” उनले भने ।

हाल १२ घण्टा, २४ घण्टा, तीन दिन तथा साप्ताहिक पूर्वानुमान सेवा सञ्चालनमा रहेको छ । यस्तै, उड्डययन क्षेत्रका लागि विशेष मौसम सेवा, पर्वतारोहण पूर्वानुमान, कृषि मौसम सेवा तथा विशेष चेतावनी प्रणालीसमेत सञ्चालनमा छन् । विभागका अनुसार पछिल्ला वर्षमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढाइएको र स्वचालित मौसम स्टेसन, उन्नत उपग्रह, राडार प्रणाली तथा उच्च क्षमतायुक्त कम्प्युटर प्रणालीमार्फत पूर्वानुमानको शुद्धता सुधार गरिएको छ ।

सन् २०२१ देखि सुरु गरिएको प्रभावमा आधारित पूर्वानुमान प्रणालीले विशेषगरी मनसुनको समयमा जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाएको विभागले जनाएको छ । भविष्यमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान सेवा, निर्णय सहयोग प्रणाली, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण तथा मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।

जलविद् रायले बाढीसम्बन्धी पूर्वसूचनाका कारण सम्भावित जोखिम न्यूनीकरण भएको र धनजनको क्षतिसमेत कम भएको भन्दै पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending