काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफू निरन्तर संघर्षरत रहेको बताएका हुन्।
‘धेरैलाई लाग्न सक्छ—म र मजस्ता पुराना नेताहरू एउटै हौँ। तर म स्पष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैनँ,’ उनले भनेका छन्, ‘देशलाई बन्धक बनाउने सत्ताको भागबन्डाको सम्झौतामा म कहिल्यै सहभागी हुन चाहन्न। म फरक छु र यो प्रमाणित गरेर छाड्नेछु।’
आफ्नो काम र निष्ठाको मूल्याङ्कन तत्काल नभई भविष्यले गर्ने उल्लेख गर्दै उनले भने, ‘मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’
संयोजक प्रचण्डले राजनीतिक यात्रामा आफूले गुमाउन सक्ने सबै कुरा गुमाइसकेको पनि बताएका छन्। ‘यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भने, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्नेमा म विश्वस्त छु। परिवर्तन अनिवार्य छ र भएरै छाड्छ।’
युवाहरूले उठाउँदै आएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका मुद्दा आफूले जनयुद्धकालदेखि नै उठाउँदै आएको दाबी गर्दै उनले अहिलेको व्यवस्थाभन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था देशका लागि उपयुक्त हुने बताएका छन्।
‘मेरो र युवाको माग एउटै हो। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,’ उनले भने, ‘खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्न। देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन।’
साथै, आफू हार मान्न तयार नरहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई स्वागत गर्ने बताए। ‘हरेक चम्किलो वस्तु हिरा हुँदैन। सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ,’ उनले भने, ‘म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको हुँ, भोट माग्न होइन।’
संयोजक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: