काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफू निरन्तर संघर्षरत रहेको बताएका हुन्।
‘धेरैलाई लाग्न सक्छ—म र मजस्ता पुराना नेताहरू एउटै हौँ। तर म स्पष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैनँ,’ उनले भनेका छन्, ‘देशलाई बन्धक बनाउने सत्ताको भागबन्डाको सम्झौतामा म कहिल्यै सहभागी हुन चाहन्न। म फरक छु र यो प्रमाणित गरेर छाड्नेछु।’
आफ्नो काम र निष्ठाको मूल्याङ्कन तत्काल नभई भविष्यले गर्ने उल्लेख गर्दै उनले भने, ‘मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’
संयोजक प्रचण्डले राजनीतिक यात्रामा आफूले गुमाउन सक्ने सबै कुरा गुमाइसकेको पनि बताएका छन्। ‘यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भने, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्नेमा म विश्वस्त छु। परिवर्तन अनिवार्य छ र भएरै छाड्छ।’
युवाहरूले उठाउँदै आएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका मुद्दा आफूले जनयुद्धकालदेखि नै उठाउँदै आएको दाबी गर्दै उनले अहिलेको व्यवस्थाभन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था देशका लागि उपयुक्त हुने बताएका छन्।
‘मेरो र युवाको माग एउटै हो। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,’ उनले भने, ‘खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्न। देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन।’
साथै, आफू हार मान्न तयार नरहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई स्वागत गर्ने बताए। ‘हरेक चम्किलो वस्तु हिरा हुँदैन। सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ,’ उनले भने, ‘म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको हुँ, भोट माग्न होइन।’
संयोजक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...
माघ १९ गते, २०८२ - १८:३४
काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...



प्रतिकृया लेख्नुहोस्: