Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

चितवन–३ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

खबरडबली संवाददाता

चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अवस्था फेरिएर क्षेत्र नं. ३ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइएको छ ।

यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी नेकपाकी नेतृ भरतपुर महानगरपालिकाको निवर्तमान प्रमुख रेनु दाहालले उम्मेदवार बनेको छिन् । यसै क्षेत्रमा नेपाली कांग्रेसका पुराना नेता पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा (एमाले) का महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान संसद् सोविता गौतम, राप्रपाबाट दीपक थापा उमेदवार भएको छन् ।  

भरतपुर महानगरपालिकामा प्रमुख भएर विकासनिर्माणको राम्रो काम गरेका कारण दाहालको प्रभाव राम्रो भएको नेकपाका नेताहरूको दाबी छ । यस क्षेत्रमा १२ वर्षपछि आफ्नै निर्वाचन चिह्नमा मत राख्न पाउँदा पार्टीसहित शुभचिन्तक खुसी भएकाले कांग्रेसको जित हुने पार्टीले विश्वास लिएको छ । पटक पटक छाडेको र उपयुक्त वातावरणको अभाव भएको भन्दै नेकपा (एमाले) ले यस पटक परिणाम आफ्नो हातमा पर्ने भन्दै मतदातासँग भेटघाटलाई तीव्रता दिएको छ । गएको निर्वाचनमा दुई राप्रपाका उपाध्यक्ष विव्रmम पाण्डेले एमालेको समर्थनमा उठाएका उम्मेदवार, कांग्रेस र तत्कालीन माओवादीको साझा उम्मेदवारलाई हराएको कारण पाण्डेको प्रभावलाई कमजोर मान्न सकिँदैन । निर्वाचनको प्रचारमा गएका उम्मेदवार यस पटक स्थानीय नेताको प्रभाव पर्ने भन्दै विश्वास व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले लामो समयको रिक्तता यस पटक विजय हासिल गरेर पूरा गर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले विभिन्न कारणले यो क्षेत्र छाड्दै आएका थियौँ, यस पटक लामो इतिहास बोक्नुभएका व्यक्तिलाई उम्मेदवार बनाएका छौँ, विजय 

हामीले पाउने छौँ ।” नेकपाकी उम्मेदवार रेनु दाहालले भनिन्, “लगातार आठ वर्षसम्म महानगरको नेतृत्व गरेकाले मेरो काम यहाँका मतदाताले बुझ्नुभएको छ त्यसैले मेरो मतदाताले परिणाम मेरो पक्षमा दिनुहुनेमा म विश्वस्त छु ।” नेतृत्वमा आउनुपूर्व भरतपुर र अहिलेको अवस्था आँखाले देख्ने भएकाले विकास चाहने मतदाताका लागि सबैभन्दा उपयुक्त पात्र आफू नै भएको दाहाल बताउछन् । 

नेकपा ९एमाले० का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले राष्ट्रिय राजनीति तथा जिल्लाको विकासमा एमालेको नेतृत्वले धेरै राम्रो काम गर्दै आएको बताए । उनले भने, “यस पटक हामीले युवा, ऊर्जावान्, तिनै क्षेत्रमा नयाँ अनुहार दिएकाले विजय हासिल गर्न कुनै समस्या छैन । ३ नम्बर क्षेत्रमा त्यही घर भएका जनताको सुखदु:खमा साथ दिएका शङ्कर थपलिया उम्मेदवार हुनुभएकाले मतदातालाई रोज्न धेरै सजिलो भएको छ ।” राप्रपाका उपाध्यक्ष तथा निवर्तमान संसद् विव्रmम पाण्डेले आफ्नो नेतृत्वमा यस क्षेत्रको विकासनिर्माणमा राम्रो काम भएको छ । मालपोत कार्यालय, नापी कार्यालय, माडी नगरपालिका निर्माणमा आफ्नो भूमिका रहेको बताए। आफूले यस पटक युवालाई नेतृत्वमा ल्याउनु पर्छ भनेर युवा दीपक थापालाई उम्मेदवार बनाएकाले मतदाताले राप्रपालाई रोज्नेमा कुनै दुई मत नभएको बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले परिवर्तन चाहनेका लागि उपयुक्त उम्मेदवार आफू भएको बताए। देशभरि मतदाताको चाहना नयाँ पार्टी नयाँ उम्मेदवार भएको प्रस्ट देखिएको छ । त्यसैले आफूले जित्नेमा कुनै शङ्का नभएको उनले बताए। यस निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसले भने १२ वर्षपछि मात्रै आफ्नै चुनाव चिह्नमा मतदान गर्दै छन् । त्यसैले पनि यो क्षेत्र निकै नै रोचक बन्दै गएको छ । अहिलेको ३ नं। निर्वाचन क्षेत्र विगतमा ५ नं., ४ नं. थिए । २०७४ देखि तीन वटा कायम भएको छ । यहाँबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको थिए । प्रचण्डसँग राप्रपाका विक्रम पाण्डे पराजित भएको थिए । 

२०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विव्रmम पाण्डे विजयी भएको थिए। पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले विजयी भए। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट अधिकारी उम्मेदवार बनेको थिए। पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याएको थिए । यस क्षेत्रमा कांग्रेसबाट बागी उठ्नुभएका दिनेश कोइरालालाई एमालेले सघाएको थियो । दिनेश कोइरालाको १२ हजार ५७ मत आयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गरे । उनले १४ हजार ८४२ मत ल्याएको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: