Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भक्तपुरको नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

खबरडबली संवाददाता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । 

विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटीमा छाड्ने आदेश दिएपछि आयोगले उक्त आदेश बदर गरी उनीहरूलाई थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित बुधबार सर्वोच्च पुगेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप(प्रबन्धक नल विक्रम थापालाई विशेष अदालतले क्रमश: पाँच लाख र दुई लाख ५० हजार रुपियाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेश ुबेरीतकोु रहेको भन्दै आयोगले उनीहरूलाई थुनामै राख्नुपर्ने जिकिर गरेको छ ।

अध्ययन नै नगरी करोडौँको लगानी आयोगका अनुसार नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा कुनै सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० वा नेपाल सरकारको पूर्व स्वीकृति लिइएको थिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनामा समेत नलिन्चोकमा हेलिपोर्ट बनाउने कुनै उल्लेख नरहेको अवस्थामा गैरकानूनी स्वार्थका लागि १३ करोड ५७ लाख ४६ हजार २१३ रुपियाँ ७७ पैसा हानि(नोक्सानी पुर्‍याइएको अख्तियारको दाबी छ ।

प्राधिकरणका तत्कालीन नेतृत्वले विस्तृत परियोजना प्रतिवेदन  नै प्राप्त नभई ुप्राप्त भएकोु भनी झुट्टा विवरणका आधारमा बोलपत्र प्रक्रिया अगाडि बढाएको अनुसन्धानबाट खुलेको छ । ूलगानी हुने तर प्रयोगमा आउन नसक्ने संरचना बनाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको छ,ू आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सुरक्षामा गम्भीर प्रश्न हेलिपोर्ट निर्माण भए पनि सुरक्षाका दृष्टिकोणले यो अत्यन्तै जोखिमपूर्ण रहेको प्राविधिक प्रतिवेदनहरूले देखाएका छन् । 

विभिन्न ११ वटा हेलिकप्टर कम्पनीका ४७ जना पाइलटहरूले नलिन्चोकबाट व्यावसायिक उडान गर्दा ुभयानक दुर्घटनाु हुन सक्ने भन्दै लिखित चासो व्यक्त गरेका थिए । 

घना बस्तीको बीचमा रहेको, उच्च भोल्टेजको विद्युत् प्रसारण लाइन नजिकै रहेको र आवश्यक सञ्चार तथा सुरक्षा उपकरणको अभावका कारण यो हेलिपोर्ट व्यावसायिक उडानका लागि अयोग्य रहेको विज्ञहरूको ठहर छ ।

विज्ञहरूको राय र स्थानीयको विरोध पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, हवाई सुरक्षा विज्ञ घनश्याम राज आचार्य र सार्वजनिक खरिद अनुगमन कार्यालयका टोलीले समेत यो आयोजनालाई ुनागरिकको जनधनको क्षति निम्त्याउनेु कार्यका रूपमा व्याख्या गरेका छन् । स्थानीय बासिन्दाले समेत वातावरणीय अध्ययन र सार्वजनिक सुनुवाइ नगरी निर्माण गरिएको भन्दै यसको विरोध गर्दै आएका छन् ।

राज्यको करोडौँ रकम खर्च भए पनि उक्त हेलिपोर्टबाट हालसम्म नगण्य संख्यामा मात्र यात्रुले सेवा लिएको र त्यो व्यावसायिक रूपमा पूर्णत: असफल देखिएको अख्तियारको निष्कर्ष छ । पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाहीको माग गर्दै अख्तियारले विशेष अदालतको आदेश सच्याउन सर्वोच्चमा गुहार मागेको हो ।

यस प्रकरणमा महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च अधिकारी र परामर्शदाता कम्पनीका सञ्चालकहरूमाथि पनि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: