डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर्षा भएको थियो । हिउँदे वर्षासँगै राति हिमपातसमेत भएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारले जानकारी दिए । उनका अनुसार पछिल्लो तीन वर्षपछि मात्रै डडेल्धुरामा हल्का हिमपात भएको हो ।
उनका अनुसार यस अघि डडेल्धुराका उच्च पहाडी भेगमा २०७९ माघ ९ गते हिउँदे वर्षासँगै हिमपात भएको थियो । त्यस यताका वर्षहरुमा भने हिमपात भएको थिएन । शुक्रबार राति २६ मिलिमिटर वर्षासँगै हल्का हिमपात भएको उहाँले बताए। जिल्ला सदरमुकामा हिमपात भए पनि पग्लिएको थियो भने उच्च पहाडी भेग महाभारत पर्वत क्षेत्र करिब ६ इन्चसम्म हिमपात भएको उनको भनाइ छ ।
यसैगरी, मङ्गलबार साँझदेखि फेरी सुरुभएको वर्षासँगै उच्च पहाडी क्षेत्र दोस्रो पटक हिमपात भएको उनले बताए। मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म डडेल्धुरामा २४ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए । बुधबार बिहान केही क्षण वर्षा रोकिए पनि फेरि सुरु भएको छ । उनले भने, ‘‘बुधबार रातिसम्म पानी पर्ने सम्भावना छ भने बिहीबारदेखि मौसम खुल्ने सम्भावना छ । बुधबार दिनभरि र रातिसम्म पानी पर्ने सम्भावना भएकाले हिमपातको सम्भावना उच्च रहेको छ ।’’
डडेल्धुराको आजको अधिकत तापक्रम ८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ० डिग्री हुनसक्ने सभावना रहेको उनले बताए। हिउँदे वर्षा र हिमपातले हिउदे बालीनालीका लागि पर्याप्त भएको उनको भनाइ छ । १२ मिलिमिटर वर्षा हुँदा एक फिट गहिराइसम्म आर्द्रता पुग्ने भएकाले बुधबार बिहानसम्म भएको वर्षाले दुई फित गहिराइसम्म पुग्ने भएकाले बालीनालीका लागि पर्याप्त पानी पुगेको उनले बताए।
असोजको तेस्रो सातापछि करिब तीन महिनासम्म हिउँदे वर्षा नहुँदा हिउँदेबाली सुकिसकेको थियो भने हिउँदे फलफूलका बोटबिरुवा लगाउन ढिलाइ भएको थियो । डिभिजन वन कार्यालयलगायतका कार्यालयले ओखरलगायतका हिउँदे फलफूलका बिरुवा किसानलाई वितरण गरेसकेको थियो । तर हिउँदे वर्षा नहुँदा किसान निराश भएको वन अधिकृत रणेन्द्र सिंहले बताए। अहिले भएको वर्षा किसानका लागि वरदान भएको उनको भनाइ छ ।
हिउँदे वर्षा नहुँदा माघ महिनामा लगाइने आलु लगायत अन्य बर्खे तरकारी खेती कसरी गर्ने भन्ने चिन्ता थियो । अमरगढी नगरपालिका ३ चम्सालका व्यावसायिक किसान सुनीता बोहराले भनिन् शुक्रबार र अहिले भएको वर्षाले खनजोतसगै आलु र तरकारीको बिउ राख्न सहज हुने भएको छ ।’’ कात्तिक, मङ्सिर, पुस महिनामा हिउँदे वर्षा नहुदा निराश भएका किसानलाई माघ महिनाको अहिले भइरहेको वर्षाले राहात पुगेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...
माघ १५ गते, २०८२ - १२:४६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ ला...
माघ १५ गते, २०८२ - १२:३७
लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ...
माघ १५ गते, २०८२ - १२:२८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेर रा...
माघ १५ गते, २०८२ - १२:२३
मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ...
माघ १५ गते, २०८२ - १२:१४
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ । नि...
माघ १५ गते, २०८२ - ११:५५
डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर...
माघ १५ गते, २०८२ - ११:४५
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अपनाएको छ। उपसभापति व...




प्रतिकृया लेख्नुहोस्: