Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा

खबरडबली संवाददाता

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएको छन्। 

मङ्गलबार बिहान सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको बताएको हो। “हामी उत्तेजनाबाट चल्दैनौँ, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दै छौँ,” थापाले भने, “फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले छ।”

अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ। चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको उनले आरोप लगाए। 

पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको कांग्रेस सभापति थापाको भनाइ छ। “हामी फागुन २१ को चुनावसँग जोडिएर नयाँ बन्न खोजेको होइन तर पार्टी बदल्नुपर्छ भनेर कार्यकर्ताले भनेपछि पार्टी बदलेका छौँ,” सभापति थापाले भने, “अहिलेको सन्दर्भमा त बदलिएको कांग्रेस नै नयाँ पार्टी हो। अब यही नयाँ सिराबाट अघि बढेको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन्छ।”

भ्रष्टाचारको न्यूनिकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको कांग्रेसका नवनिर्वाचित सभापति थापाको भनाइ छ। तीन पटक लगातार जितेको काठमाडौं ४ छाडेर सर्लाही ४ मा आएको विषयमा थापाले बागमतीको एउटा किनारबाट अर्को किनारमा आइपुगेको बताए। 

उनले फागुन २१ को निर्वाचनपछि कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने बताए। आफ्नो निर्वाचन क्षेत्रमा सोमबार आइपुगेका कांग्रेस सभापति थापाले सर्लाही ४ का विभिन्न स्थानमा पुगेर अगुवा नेता, कार्यकर्तासँगको भेटघाट तीव्र पारेको छन्। 

कांग्रेस सभापति थापासँगै सर्लाही ४ बाट प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, नेकपा ९एमाले०का अमनिसकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादवलगायतका उम्मेदवार पनि घरदैलोमा व्यस्त रहेको छन्।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: