Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

लमजुङमा थपिए ६ मतदान केन्द्र

खबरडबली संवाददाता

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्ख्याका आधारमा साविककै मतदानस्थलमा ६ वटा मतदान केन्द्र थपेको हो ।

यसअघि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले साविकको मतदाता सङ्ख्याको आधारमा एकसय ३० मतदान स्थलमा एकसय ८६ मतदान केन्द्र सिफारिस गरेको थियो । पछि निर्वाचन आयोगबाट केही मतदान स्थलमा भएका मतदाताको सङ्ख्याको आधारमा ६ वटा मतदान केन्द्र थप गरी पठाएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताए।

उहाँका अनुसार आगामी निर्वाचनका निम्ति जिल्लामा एकसय ३० मतदानस्थल कायम भएको छ । जिल्लामा हाल १३० मतदानस्थलमा १९२ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । यसअघिको निर्वाचनमा जिल्लामा १२८ मतदानस्थलमा १८२ मतदान केन्द्र रहेको थियो । 

यसअघि सरोकारवालाको बैठकपश्चात् जिल्लाको भौगोलिक अवस्था र मतदाताहरुको सहजताको कारण देखाउँदै प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा दुईवटा मतदानस्थल थप्न सिफारिस भएको थियो । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो । 

जिल्लाका विभिन्न स्थानीय तहमा यसअघि कायम भएका मतदान स्थललाई मतदाता सङ्ख्या तथा भुगोलका आधारमा वर्गीकरण गरी नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका –१० र दोर्दी गाउँपालिका –२ मा नयाँ मतदानस्थल कायम भएको हो । मतदाता सङ्ख्या बढी भएका केही मतदान स्थलहरुमा केन्द्र मात्र थप भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । 

गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता थिए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलको अनुगमन तथा निरीक्षण भइरहेका छन् । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि मन्त्रालयको सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।  किसानलाई जमिनको विवरण र खेती उत्पा...

कर दर हेरफेर अधिकार सरकारसँग छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...

संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना, आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश

जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending