Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

लमजुङमा थपिए ६ मतदान केन्द्र

खबरडबली संवाददाता

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्ख्याका आधारमा साविककै मतदानस्थलमा ६ वटा मतदान केन्द्र थपेको हो ।

यसअघि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले साविकको मतदाता सङ्ख्याको आधारमा एकसय ३० मतदान स्थलमा एकसय ८६ मतदान केन्द्र सिफारिस गरेको थियो । पछि निर्वाचन आयोगबाट केही मतदान स्थलमा भएका मतदाताको सङ्ख्याको आधारमा ६ वटा मतदान केन्द्र थप गरी पठाएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताए।

उहाँका अनुसार आगामी निर्वाचनका निम्ति जिल्लामा एकसय ३० मतदानस्थल कायम भएको छ । जिल्लामा हाल १३० मतदानस्थलमा १९२ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । यसअघिको निर्वाचनमा जिल्लामा १२८ मतदानस्थलमा १८२ मतदान केन्द्र रहेको थियो । 

यसअघि सरोकारवालाको बैठकपश्चात् जिल्लाको भौगोलिक अवस्था र मतदाताहरुको सहजताको कारण देखाउँदै प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा दुईवटा मतदानस्थल थप्न सिफारिस भएको थियो । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो । 

जिल्लाका विभिन्न स्थानीय तहमा यसअघि कायम भएका मतदान स्थललाई मतदाता सङ्ख्या तथा भुगोलका आधारमा वर्गीकरण गरी नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका –१० र दोर्दी गाउँपालिका –२ मा नयाँ मतदानस्थल कायम भएको हो । मतदाता सङ्ख्या बढी भएका केही मतदान स्थलहरुमा केन्द्र मात्र थप भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । 

गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता थिए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलको अनुगमन तथा निरीक्षण भइरहेका छन् । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेरामक्स खरिद प्रकरण: मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मु्द्दामा सुनुवाइ जारी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्...

अनुगमन अधिकृतलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन, आचारसंहितामा कडाइ गरिने

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष ...

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी

चितवन। संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आएको ...

कैलाली पुगे बालेन शाह, रास्वपाका उम्मेदवारसँग चुनावी तयारीमा व्यस्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको कैलालीमा चुनावी अभियानमा व्यस्त छन्। उनले कैलाली...

जमलमा तीन सवारी ठोक्किँदा एक जना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मोटरसाइकल, स्कुटर र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार केहीबेर अघि भएको दुर्घटनामा एक जना घ...

लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्...

यी पाँच उम्मेदवारलाई निर्वाचन आयोगको सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार झ...

ईपीएस पास गरेर पनि कोरिया जान नपाएको भन्दै युवाको प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले काठ...

खगेन्द्र सुनारको पुरानो अभिव्यक्ति भाइरल, रास्वपा के भन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार आफ्नो एक पुरानो अभिव्यक्तिका कारण...

चुनावी अभियानमा कैलाली पुगेका बालेन भेटघाटमा व्यस्त

कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुगेको छन्। बर्दियाको राजापुरबाट कैलाली पुगेका उनले उम्मेदवार भेटघाटका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending