Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ ।

अकासिँदो सुनको मूल्यले घरेलु बजारमा हलचल ल्याएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बनिरहँदा आयातकर्ता मात्र होइन आम नागरिकमा पनि तरंग उब्जाइरहेको छ । आखिर किन बढिरहेको छ सुनको मूल्य ? मूल्य कुन उचाइसम्म पुग्ला ? नेरु–डलरबीचको विनियमर दर कहिले स्थिर होलालगायत प्रश्नको उत्तर खोतल्ने प्रयास गरेका छौःं

घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदी मूल्य पनि प्रतितोला २ सय ८५ रुपैयाँले बढेको छ । आइतबार ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । पहिलो पटक सुनको मूल्य प्रतिऔंस ५ हजार डलर नाघेको हो । सन् २०२५ को तुलनामा सुनको मूल्य ६० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विश्व बजारमा सुनको मूल्य बढ्नु र नेपाली मुद्राको विनिमय दर अमेरिकी डलरको तुलनामा कमजोर हुनु दुई कारणले नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकमा पूर्वकार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धरले बताए ।

‘अमेरिकाको आन्तरिक राजनीति र व्यापार नीतिमा देखिएको अस्थिरता, विभिन्न मुलुकसँग परिवर्तित भन्सार शुल्क (ट्यारिफ), संरक्षणवादी नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा आएको तनावलगायत कारण विश्व बजारमा डलरप्रति लगानीकर्ताको आकर्षण घटेको छ । यसले डलर कमजोर भएको छ,’ उनले भने, ‘डलरमा आकर्षण घटेपछि लगानीकर्ताले सुरक्षित मानिएको घातु सुनमा लगानी बढाएकाले विश्व बजारमा सुनको माग बढेको छ ।’

पछिल्ला महिनाहरूमा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) निरन्तर कमजोर बनिरहेको छ । भारु कमजोर बनिरहँदा स्थिर विनिमय दर रहेको नेपाली मुद्रा निरन्तर कमजोर बनिरहेको छ । यसरी विश्व बजारमा सुनको मूल्य बढ्नु र भारतीय मुद्रा कमजोर भएको कारणले डलरको विनियम दर पनि अकासिनु जस्ता दुई कारणले नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाएको मानन्धरले बताए ।

‘भारत र अमेरिकाबीचको व्यापार सम्झौता भइसकेको छैन । भारतीय सेयर बजारको ख्याति (प्रतिफल) अन्य विश्वका सेयर बजारको तुलनामा त्यति राम्रो छैन । यसकारण विदेशी लगानीकर्ताले धमाधम सेयर बिक्री गरेर डलरमा लगानी फिर्ता लगिरहेका छन्,’ उनले भने, ‘यसरी ठूलो परिणाममा डलर बाहिरिएपछि भारतीय

मुद्रा निरन्तर कमजोर बनेको छ । त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको हो ।’ यसरी एउटा विश्व बजारमै मूल्य बढेको र अर्को भारुका कारणले डलरको तुलनामा नेपाली मुद्रा पनि कमजोर हुँदा महँगोमा किन्नुपरेकाले नेपाली बजारमा सुन महँगिएको मानन्धरले प्रस्ट्याए ।

पछिल्लो एक महिनामा विश्व बजारमा अमेरिकी डलर निरन्तर कमजोर भएको र सुनको मूल्य निरन्तर उकालो लागिरहेको ट्रेडिङ इकोनोमिक्स डटकमले जनाएको छ । जसअनुसार १६ जनवरी २०२६ मा प्रतिऔंस ४ हजार ४ सय ४८ डलर रहेको सुनको मूल्य सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ मा ५ हजार ७७ डलर पुगेको छ ।

यसरी सुनको मूल्य निरन्तर उकालो लाग्नुको कारण डलरमा आएको गिरावट पनि हो । जसअनुसार पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पछिल्लो दस दिनमा विश्व बजारमा डलर सूचकांक लगातार घटिरहेको छ । १९ जनवरी २०२६ मा ९९.३७ रहेको डलर सूचकांक सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ सम्म ९७ मा ओर्लेको छ । यसले पनि विश्व बजारमा डलरमा लगानीकर्ताको आकर्षण घटेको र सुनमा बढेको पुष्टि हुन्छ ।

ट्रेडिङ इकोनोमिक्स डटकमका अनुसार पछिल्लो १० दिनमा अमेरिकी डलरको तुलनामा भारु निरन्तर कमजोर भइरहेको छ । जसअनुसार १४ जनवरी २०२६ मा एक अमेरिकी डलरको विनिमय दर भारु ८९ रहेकामा सोमबार २६ जनवरी २०२६ साझँसम्म ९१.७० पुगेको छ । यसरी डलरको तुलनामा भारु कमजोर भइरहँदा त्यससँग स्थिर विनिमय दर रहेको नेरु पनि कमजोर भएको छ ।

डलरको तुलनामा नेरु कमजोर हुँदा सुन आयात महँगो पर्न गएकाले नेपाली बजारमा सुनको मूल्य धेरैले बढिरहेको जानकारहरू बताउँछन् । विश्व बजारमा सुनसँगै चाँदीको मूल्य पनि प्रतिऔंस १०० डलर पुगेको छ । जुन गत वर्षको तुलनामा १५० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रेडिङ इकोनोमिक्स डटकमका अनुसार पछिल्ला साताहरूमा विदेशी लगानीकर्ताले भारतीय बजारबाट सेयर बिक्री गरेर लगानी फिर्ता लगिरहेका छन् । भारतीय अर्थतन्त्रको वृद्धिदर उच्च रहने अनुमान भइरहेका बेला विदेशी लगानीकर्ताले ठूलो परिणाममा सेयर बिक्री गरिरहेको भारतीय धितोपत्र बोर्ड (सेबी) ले जनाएको छ ।

विश्व बजारमै सुनको मूल्य बढेकाले घरेलु बजारमा पनि सुनको भाउ निरन्तर अकासिएको नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘सुनको मूल्य विश्व बजारमै बढिरहेको छ । आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरे अमेरिकाले सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्,’ उनले भने, ‘यो घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थप बढेको छ । यसको असर नेपाली बजारमा पनि परेको हो ।’

शाक्यका अनुसार सुनका गरगहनाको माग शून्य भएकाले व्यवसायीहरूले बैंकहरूबाट सुन खरिद गरेका छैनन् । ‘बजारमा गरगहनाको माग शून्य भएकाले व्यवसायीहरूले सिफारिसका आधारमा बैंकसँग सुन खरिद नगरेका हुन्,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending