संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको सुमो जिप चैनपुर नगरपालिका– २ नुनढाकीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर नगरपालिका– १ का ५९ वर्षीय बिरबहादुर लिम्बु र सोही वडाको पैरे घर भएका करिब १७ वर्षीय अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० कुमारप्रसाद मैनालीले जानकारी दिए।
मृतक दुबैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ ।
दुर्घटनामा परी चैनपुर नगरपालिका– १ सिङरिङका ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा तथा पाँचथरको फिदिम नगरपालिका–४ माझिटारका २८ वर्षीय दिपेश माझी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १२:४८
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको समूह चरणको अन्तिम ख...
माघ १३ गते, २०८२ - १२:०३
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...
माघ १३ गते, २०८२ - ११:५७
धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...
माघ १३ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...
माघ १३ गते, २०८२ - ११:४३
काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...
माघ १३ गते, २०८२ - ११:३१
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...
माघ १३ गते, २०८२ - ११:२१
धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुन: दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखा...
माघ १३ गते, २०८२ - ११:१५
सल्यान। सल्यानमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । विद्युतको पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने स...
माघ १३ गते, २०८२ - ११:०१
संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भए...
माघ १३ गते, २०८२ - १०:५३
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने दबाबबीच १४१ रनको लक्ष्य पाएको छ । टस हारेर पह...




प्रतिकृया लेख्नुहोस्: