Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

खबरडबली संवाददाता

तनहुँ ।  सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ । उनले भने, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन ।”

रानाभाटका अनुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेबाट १५, शिकारीबाट सात, वनभोज क्याम्पफाइरिङ आउनेहरूबाट सात, बच्चाहरू खेल्दा छ, अवैध काठ कटान गर्नेहरूबाट पाँच, अतिक्रमणकारीबाट पाँच, खोरिया फँडानीबाट पाँच, गोल पोल्नेबाट चार प्रतिशत र बाँकी जडिबुटी सङ्कलकबाट डढेलो लाग्ने गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७१ वटा सामुदायिक वनका एक हजार ३२२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यस्तै आव २०८१/८२ मा ८४ सामुदायिक वनका छ सय ६२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको रानाभाटले जानकारी दिए । दक्ष जनशक्तिको कमी, आधुनिक उपकरणको अभाव, बजेट कमलगायत कारणले डढेलो नियन्त्रणमा समस्या हुँदै आएको उनले बताए ।

उनले भने, “वनमा डढेलो लगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि सकेका छैनौँ, लुकिछिपी डढेलो लगाउँदा पहिचान खुलाउनै गाह्रो भइरहेको अवस्था छ ।” उनका अनुसार जिल्लाभर छ सय २५ सामुदायिक वन छन् ।

सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेका छन् । डिभिजन वन कार्यालय र आठ वटा सवडिभिजन कार्यालयमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने गर्दछ ।

डढेलोबाट भुइँमा झरेका रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने, वनमा लागेको आगो नजिकको गाउँघरमा सरी जनधनको क्षति हुनेलगायत जोखिम रहेका वन अधिकृत श्रेष्ठले बताउनुभयो । गर्मी मौसममा बिडी, चुरोट खाएर जथाभाबी फाल्नाले, वन्यजन्तु भगाउन तथा नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो झन बढ्दै गएको उनको भनाइ छ ।

वन डढेलो नियन्त्रणका लागि तनहुँमा र्यापिड रेस्पोन्स टिम गठन

वन डढेलो नियन्त्रणलाई प्रभावकारी र द्रुत बनाउन तनहुँमा बहुपक्षीय सहभागितासहित ¥यापिड रेस्पोन्स टिम (द्रुत प्रतिकार्य टोली) गठन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको पहलमा वन, प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिसहित उक्त टोली गठन गरिएको हो ।

वन अधिकृत श्रेष्ठको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी गोपाल पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पाठक, सशस्त्र प्रहरी बलका निरीक्षक रामशरण विष्ट, अनुसन्धान अधिकृत रेवन पोखरेल, कालीभञ्जन गण (इ) का सहसेनानी पोखरेन्द्र राना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ रहेका छन् ।

टोली गठनसँगै वन डढेलो लाग्ने बित्तिकै तत्कालै घटनास्थलमा पुगेर नियन्त्रण, उद्धार तथा समन्वय कार्यलाई तीव्र बनाउने लक्ष्य राखिएको छ । विशेषगरी सुख्खा मौसममा डढेलोको जोखिम बढ्दै जाने भएकाले पूर्वतयारी स्वरूप यस्तो टोली गठन गरिएको संयोजक श्रेष्ठले बताए ।

श्रेष्ठले वन डढेलो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति हुने भएकाले तत्काल प्रतिक्रिया दिने संयन्त्र आवश्यक भएको बताए । उनले भने, “डढेलो नियन्त्रणमा समय सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले विभिन्न निकायबीच समन्वय गरी छिटो परिचालन हुने गरी रेस्पोन्स टिम गठन गरिएको हो ।”

उनले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणसँग सहकार्य गरेर सचेतना अभिवृद्धि, निगरानी तथा पूर्वतयारीका कार्यक्रमलाई पनि सँगसँगै अघि बढाइने जानकारी दिए । “मानवीय लापरबाहीका कारण धेरैजसो डढेलो लाग्ने भएकाले जनचेतना अत्यन्त आवश्यक छ”, उनले भने ।

सम्बन्धित निकायहरूको संयुक्त प्रयासबाट वन डढेलो न्यूनीकरणमा प्रभावकारी उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । साथै, टोलीले जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending