ताप्लेजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी ९मनोनयन० दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका १३ मध्ये पाँच जना उम्मेदवार एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहेको छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा ९एमाले० का क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री ९पराग० रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको इन्जिनियर वीरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीका सन्तोष राई सिरिजङ्घा गाउँपालिकाकै हुनुहुन्छ । कांग्रेसका उम्मेदवार तुम्याहाङ सिरिजङ्घा गाउँपालिका–७, खेवाङ, एमालेका थेबे र रास्वपाका उम्मेदवार वडा १ सिनाम, नेकपाका बुडाक्षेत्री वडा ५ पेदाङ र श्रम संस्कृतिका उम्मेदवार राई वडा ८ याम्फुदिनका रहेको छन् ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका सूर्य गुरुङ, जनता समाजवादी पार्टीका अरुण सुब्बा लेछर्बो, उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन र मङ्गोल नेसनल अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू फु्ङलिङ नगरपालिकाबाट हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बू मिक्वाखोला गाउँपालिकाका छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लाबुङ लिम्बू र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का नरपति पौडेल फक्ताङ्लुङ गाउँपालिकाका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताप्लेजुङबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबारका लागि तोकिएको दाबीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबैजनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १४:०६
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएक...
चैत्र १२ गते, २०८२ - १३:५१
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज अपराह्न २:०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अ...
चैत्र १२ गते, २०८२ - १३:४०
बङ्गलादेश। बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत ग...
चैत्र १२ गते, २०८२ - १३:२७
काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ। पार्टीको प्रचार स...
चैत्र १२ गते, २०८२ - १३:१६
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावे...
चैत्र १२ गते, २०८२ - १३:०२
चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि ...
चैत्र १२ गते, २०८२ - १२:४१
पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...
चैत्र १२ गते, २०८२ - १२:३५
काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...
चैत्र १२ गते, २०८२ - १२:२९
काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ। बारले आय...
चैत्र १२ गते, २०८२ - १२:११
महोत्तरी। लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ। पछिल्लो पटक पेट्रोल...


प्रतिकृया लेख्नुहोस्: