खनालले आफ्नो निर्णयको कारण आर्थिक र व्यक्तिगत समस्या भएको बताएका छन्। उनले भने, “निर्वाचन लड्न करोडौँ रुपैयाँ चाहिन्छ, तर हाल मेरो हातमा त्यति रकम छैन। मेरो परिवार र सम्पत्ति भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले प्रभावित भएको छ। परिवारको उपचार र खर्चका कारण चुनावी तयारीमा ध्यान दिन असम्भव भयो।”
स्रोतका अनुसार खनालले यदि इलाम जान नसके भने काठमाडौँ ८ बाट निर्वाचन लड्न सहज हुने प्रस्ताव पार्टीमा राखेका थिए। तर, पार्टीको निर्णयअनुसार काठमाडौँ ८ मा हालैमात्र नेकपामा प्रवेश गरेका सुमन सायमीलाई उम्मेदवार बनाउने तयारी गरिएको छ।
खनाल २०७९ मा इलाम–२ बाट निर्वाचन लडे पनि पराजित भएका थिए। त्यतिबेला नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका थिए। बस्नेतले २५,७५० मत प्राप्त गर्दा खनालले २३,८८८ मत पाएका थिए।
यसैबीच, पार्टीका शीर्ष नेताहरूको तयारी पनि टुङ्गिन थालेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचन लड्ने निश्चित भएका छन् भने सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट चुनावी मैदानमा उत्रने तयारीमा छन्।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमको निर्वाचन क्षेत्र भने अझै टुङ्गिएको छैन। उनी बर्दिया २ वा प्युठानबाट चुनाव लड्ने तयारीमा छन्। अर्का नेता नारायणकाजी श्रेष्ठ यसपालि सर्लाही ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने निश्चित भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १५:४१
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् । मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...
माघ ५ गते, २०८२ - १४:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...
माघ ५ गते, २०८२ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...
माघ ५ गते, २०८२ - १४:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...
माघ ५ गते, २०८२ - १३:१९
वाग्लुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...
माघ ५ गते, २०८२ - १३:१८
वाग्लुङ । पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...
माघ ५ गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...




प्रतिकृया लेख्नुहोस्: