खनालले आफ्नो निर्णयको कारण आर्थिक र व्यक्तिगत समस्या भएको बताएका छन्। उनले भने, “निर्वाचन लड्न करोडौँ रुपैयाँ चाहिन्छ, तर हाल मेरो हातमा त्यति रकम छैन। मेरो परिवार र सम्पत्ति भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले प्रभावित भएको छ। परिवारको उपचार र खर्चका कारण चुनावी तयारीमा ध्यान दिन असम्भव भयो।”
स्रोतका अनुसार खनालले यदि इलाम जान नसके भने काठमाडौँ ८ बाट निर्वाचन लड्न सहज हुने प्रस्ताव पार्टीमा राखेका थिए। तर, पार्टीको निर्णयअनुसार काठमाडौँ ८ मा हालैमात्र नेकपामा प्रवेश गरेका सुमन सायमीलाई उम्मेदवार बनाउने तयारी गरिएको छ।
खनाल २०७९ मा इलाम–२ बाट निर्वाचन लडे पनि पराजित भएका थिए। त्यतिबेला नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका थिए। बस्नेतले २५,७५० मत प्राप्त गर्दा खनालले २३,८८८ मत पाएका थिए।
यसैबीच, पार्टीका शीर्ष नेताहरूको तयारी पनि टुङ्गिन थालेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचन लड्ने निश्चित भएका छन् भने सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट चुनावी मैदानमा उत्रने तयारीमा छन्।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमको निर्वाचन क्षेत्र भने अझै टुङ्गिएको छैन। उनी बर्दिया २ वा प्युठानबाट चुनाव लड्ने तयारीमा छन्। अर्का नेता नारायणकाजी श्रेष्ठ यसपालि सर्लाही ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने निश्चित भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: