तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएसँगै बुधबार रातिदेखि नै देशका विभिन्न भागबाट भक्तजन आउने क्रम बढेको छ। देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्षको मेलामा झन्डै तीन लाख भक्तजनले पवित्र स्नान गर्ने अनुमान गरिएको छ।
पवित्र त्रिशूली र कालीगण्डकी नदीको मिलनस्थल देवघाटमा माघ महिनाभर स्नान गर्नाले पुण्य प्राप्ति हुने र विशेष गरी मकर संक्रान्तिका दिन यहाँको स्नानको ठूलो धार्मिक महत्त्व रहने विश्वास गरिन्छ। भक्तजनको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै क्षेत्र विकास समितिले तीनवटै जिल्लाका प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी विशेष प्रबन्ध मिलाएको छ। मेला अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
यातायात व्यवस्थापनका लागि चितवनतर्फबाट रामनगर वा दासढुङ्गा भएर देवघाट प्रवेश गर्ने र फर्कदा बागेश्वरी हुँदै आँपटारी निस्कने गरी एकतर्फी रुट तय गरिएको छ। मुग्लिनतर्फबाट आउने सवारीसाधनका लागि दासढुङ्गाबाट सिधै प्रवेश र सोही बाटो फिर्ता हुने व्यवस्था छ। सवारी पार्किङका लागि सीताराम संस्कृत माविको परिसर र दाहसंस्कार स्थल नजिकैको बसपार्क तोकिएको छ। तनहुँतर्फबाट आउने पैदल यात्रुलाई पनि आवतजावतका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ।
मेला क्षेत्रलाई व्यवस्थित बनाउन देवघाटधाममा धुम्रपान, मदिरा र सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। भक्तजनको सुरक्षाका लागि वेणीमा नुहाउने ठाउँलाई डोरीले घेरेर सुरक्षित क्षेत्र छुट्ट्याइएको छ र गहिरो भागमा जान निषेध गरिएको छ। नदीमा पानीको बहाव र गहिराइलाई ध्यानमा राख्दै जोखिमपूर्ण स्थानमा खतराको संकेत समेत राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...
माघ २ गते, २०८२ - ०७:१७
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...
माघ २ गते, २०८२ - ०७:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्य...
माघ २ गते, २०८२ - ०७:०९
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन...




प्रतिकृया लेख्नुहोस्: