हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प भएपछि भन्सार कार्यालय अस्थायी रूपमा बन्द गर्नुपरेको हो ।
यही पुस महिनादेखि चीनको ताक्लाकोटबाट व्यापारी र मालसामान आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाटै भन्सार सेवा बन्द गरिएको भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए । कारोबार शून्य भएपछि भन्सार कर्मचारीहरू कार्यालय बन्द गरेर जिल्ला सदरमुकाम सिमकोटस्थित सम्पर्क कार्यालयमा सरेका छन् ।
प्रमुख जैसीका अनुसार चीनतर्फबाट सामान आयात बन्द भएपछि भन्सार विभागसँग समन्वय गरेर कार्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो । “कारोबार नै नहुँदा हिल्सामा कर्मचारी बसिरहनुको औचित्य रहेन,” उनले भने ।
यस वर्ष हिमपात कम भए पनि नारा सडकखण्डमा गत कात्तिकमा परेको हिउँ जमेर सडक अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । सडक बन्द भएसँगै चीनको ताक्लाकोटबाट मालसामान आयातसमेत ठप्प भएको उनले बताए ।
भन्सार कार्यालयका अनुसार चीनतर्फको नाका औपचारिक रूपमा खुल्लै राखिएको छ । मौसम अनुकूल भएपछि र आवागमन सहज बनेपछि आगामी चैतको दोस्रो हप्ताबाट यारी नाका पुनः सञ्चालन गरिने तयारी छ ।
गत साउनदेखि हालसम्म यारी नाका भन्सार कार्यालयले १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रमुख जैसीका अनुसार यो रकम गत वर्षको तुलनामा दोब्बर राजस्व असुली हो ।
स्थानीय स्तरमा भने नाका बन्द हुँदा उपभोग्य वस्तुको आपूर्ति, मूल्य वृद्धि र व्यापारमा थप दबाब पर्ने चिन्ता बढ्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...
पौष २९ गते, २०८२ - १२:२०
काठमाडाैं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । ...
पौष २९ गते, २०८२ - १२:१८
काठमाडौं । नेपाली राजनीतिमा कम्युनिस्ट ध्रुवीकरणको प्रयासले फेरि गति लिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको ...
पौष २९ गते, २०८२ - १२:१३
काठमाडौं । आजको डिजिटल युगमा, धेरै मानिसहरू उठ्ने बित्तिकै आफ्नो फोन वा पेन्डिङ कामहरूमा अल्झिन्छन्, जसले दिनभरि उनीहरूको उत्पादकता र मानसिक शान्तिलाई...
पौष २९ गते, २०८२ - १२:११
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन केवल प्रस्तावमाथिको छलफलमा सीमित छैन, यो नेतृत्व, नीति र नैतिकतामाथिको जनअदालत बन्दै गएको छ । महामन्त्रीद्...
पौष २९ गते, २०८२ - ११:४०
हुम्ला । अत्यधिक चिसो बढेसँगै हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटसँगको व्यापारिक आवागमन पू...
पौष २९ गते, २०८२ - ११:३१
काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४...




प्रतिकृया लेख्नुहोस्: