Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या, २३ वर्षीय सदधाम मन्सुर पक्राउ

खबरडबली संवाददाता

ललितपुर  । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसिद्ध टोलमा बस्दै आएका गर्जमान थापाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार गर्जमान गत २६ पुस दिउँसो करिब २ बजे घरबाट निस्किएपछि बेपत्ता भएका थिए । दिनभर खोजतलास गर्दा पनि फेला नपरेपछि उनका आफन्तले साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा बेपत्ता सम्बन्धी उजुरी दिएका थिए । तर दुई दिनसम्म पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन ।

तेस्रो दिन सोमबार भने वृद्ध बस्ने स्थान नजिकै रहेको एक इनारभित्र सेतो बोरामा प्याक गरिएको शंकास्पद पोको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले इनारबाट बोराको पोको बाहिर निकाल्दा त्यसभित्र हराइरहेका गर्जमान थापाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

शव बोरामा बाँधेर इनारमा फालिएको अवस्थामा फेला परेपछि प्रारम्भिक अनुसन्धानमै हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा भारतको मोतिहारी, पूर्वी चम्पारण (बिहार) घर भएका २३ वर्षीय सदधाम मन्सुरलाई पक्राउ गरिएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मन्सुरसँगै युसुफ अन्सारी र मोहम्मद नोमानलाई समेत नियन्त्रणमा लिइएको छ । मन्सुर काम गर्ने प्लाइउड कारखाना नजिकै गर्जमान बस्ने भएकाले उनीहरूबीच पहिलेदेखि नै चिनजान थियो । घटनाको दिन पनि वृद्ध कारखानातर्फ गएका बेला मन्सुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार मन्सुरले २६ पुस दिउँसो करिब ५ बजेतिर चक्कु प्रहार गरी वृद्धको घाँटी रेटेर हत्या गरेका थिए । हत्या पश्चात् शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी मध्यराति करिब ११ः५५ बजे कारखानाबाट करिब २०० मिटर टाढा रहेको इनारमा फालेको खुलेको छ । घटनास्थलबाट प्रयोग गरिएको चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

गर्जमानले सधैं तीन तोलाको सुनको औंठी लगाउने गरेको आफन्तले बताएका छन् । पक्राउ परेका मन्सुरमाथि गरिएको अनुसन्धानमा सोही औंठी लुट्ने उद्देश्यले हत्या गरिएको पुष्टि भएको छ । लुटिएको सुनको औंठीसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार मन्सुरले मदिरा सेवन गरेको अवस्थामा हत्या गरेको स्वीकारेका छन् । हाल उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्वालटारको प्रतीक्षालयमा ८० वर्षीय वृद्ध मृत फेला

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...

सरकार बनेको डेढ महिना, बजेट खर्च ३ प्रतिशत पनि नाघेन

मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न

समानुपातिक सूचीमा असन्तुष्टि उत्कर्षमा : उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या, २३ वर्षीय सदधाम मन्सुर पक्राउ

ललितपुर  । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...

निर्वाचन बहिष्कारको दबाब बढ्दै : भोलि उपत्यका बन्द, जुलुसकै दिन तीन दर्जन पक्राउ

काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक : प्रेम, धोका र पीडाको मर्मस्पर्शी कथा

काठमाडौँ  । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...

कांग्रेसमा एकता कायम गर्न देउवाको वार्ता प्रयास

‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका तीन नयाँ गीत

काठमाडौं ।  गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...

दबाब र विवादबीच कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक

‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’

पार्टी एकताको संदेश: रामहरि खतिवडाद्वारा कांग्रेसभित्र विभाजन रोक्न अपिल

‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending