ललितपुर । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसिद्ध टोलमा बस्दै आएका गर्जमान थापाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार गर्जमान गत २६ पुस दिउँसो करिब २ बजे घरबाट निस्किएपछि बेपत्ता भएका थिए । दिनभर खोजतलास गर्दा पनि फेला नपरेपछि उनका आफन्तले साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा बेपत्ता सम्बन्धी उजुरी दिएका थिए । तर दुई दिनसम्म पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन ।
तेस्रो दिन सोमबार भने वृद्ध बस्ने स्थान नजिकै रहेको एक इनारभित्र सेतो बोरामा प्याक गरिएको शंकास्पद पोको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले इनारबाट बोराको पोको बाहिर निकाल्दा त्यसभित्र हराइरहेका गर्जमान थापाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
शव बोरामा बाँधेर इनारमा फालिएको अवस्थामा फेला परेपछि प्रारम्भिक अनुसन्धानमै हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा भारतको मोतिहारी, पूर्वी चम्पारण (बिहार) घर भएका २३ वर्षीय सदधाम मन्सुरलाई पक्राउ गरिएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मन्सुरसँगै युसुफ अन्सारी र मोहम्मद नोमानलाई समेत नियन्त्रणमा लिइएको छ । मन्सुर काम गर्ने प्लाइउड कारखाना नजिकै गर्जमान बस्ने भएकाले उनीहरूबीच पहिलेदेखि नै चिनजान थियो । घटनाको दिन पनि वृद्ध कारखानातर्फ गएका बेला मन्सुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार मन्सुरले २६ पुस दिउँसो करिब ५ बजेतिर चक्कु प्रहार गरी वृद्धको घाँटी रेटेर हत्या गरेका थिए । हत्या पश्चात् शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी मध्यराति करिब ११ः५५ बजे कारखानाबाट करिब २०० मिटर टाढा रहेको इनारमा फालेको खुलेको छ । घटनास्थलबाट प्रयोग गरिएको चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
गर्जमानले सधैं तीन तोलाको सुनको औंठी लगाउने गरेको आफन्तले बताएका छन् । पक्राउ परेका मन्सुरमाथि गरिएको अनुसन्धानमा सोही औंठी लुट्ने उद्देश्यले हत्या गरिएको पुष्टि भएको छ । लुटिएको सुनको औंठीसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार मन्सुरले मदिरा सेवन गरेको अवस्थामा हत्या गरेको स्वीकारेका छन् । हाल उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: