Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न नपाइने, एकाउन्ट पेयी अनिवार्य

खबरडबली संवाददाता

 काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद निकाल्न नपाइने व्यवस्था लागू गरेको छ। अब ५ लाखभन्दा माथिको चेक अनिवार्य एकाउन्ट पेयी हुनुपर्नेछ।

केन्द्रीय बैंकले यसअघि रहेको १० लाखसम्मको नगद कारोबार सीमा घटाएर ५ लाखमा झारेको हो। सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) न्यूनीकरणका लागि नगद कारोबारको सीमा घटाउने निर्णय गरेसँगै राष्ट्र बैंकले चेकमार्फत झिक्न पाइने नगदको सीमा पनि ५ लाखमा कायम गरेको हो।

नयाँ व्यवस्थाअनुसार ५ लाखभन्दा बढी रकम सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा गर्न सकिनेछ। कुनै पनि व्यक्ति वा संस्थाले नगद कारोबार गर्दा प्रतिपटक ५ लाखभन्दा कम मात्र नगदमा गर्नुपर्नेछ भने सोभन्दा बढीको कारोबार एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार यो व्यवस्थाले सामाजिक कार्य वा व्यापारमार्फत नगद संकलन गर्ने परिवारलाई असर नगर्ने छ।

केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेक वा खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा काटिएका चेकको भुक्तानी पनि एकाउन्ट पेयीमै सीमित गरिएको छ।

तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारण देखाएर नगद भुक्तानीको निवेदन दिएको अवस्थामा, कारण मनासिब ठहरिए सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिने व्यवस्था पनि राखिएको छ। यस्ता भुक्तानीको मासिक विवरण अद्यावधिक गर्नुपर्नेछ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूले पनि ५ लाख वा सोभन्दा बढीको भुक्तानी गर्दा एकाउन्ट पेयी चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

राष्ट्र बैंकका अनुसार यो कदमले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को कार्यान्वयनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending