काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो।
चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लिइएको छ।
यसैगरी काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट लागुऔषध ट्रामाडोल २९० ट्याब्लेटसहित सोही नगरपालिका–६ नारायणटार बस्ने ३० वर्षीय अशोक लामासहित तीन जनालाई पक्राउ गरिएको छ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागुऔषध स्पास्मो ४९ ट्याब्लेटसहित भारत बिजनोरका ३० वर्षीय जमसेद आलम, कैलारी गाउँपालिका–५ मनिकापुरबाट चरेस जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरीलगायत दुई जनालाई पक्राउ गरिएको समाचार कक्षले जनाएको छ।
कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय किसन बुडालसहित आठ जना र लम्कीचुहा नगरपालिका–१ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ डेरा गरी बस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुलसहित कास्कीको पोखरा महानगरपालिका–३० बस्ने २९ वर्षीय कृष्ण आलेलाई पक्राउ गरिएको छ ।
यसैगरी बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्ता चौधरिया गाउँबाट ब्राउनुसगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सोही गाउँपालिका–३ नौवस्ता बस्ने ३३ वर्षीय इन्द्रबहादुर थारू र ४१ वर्षीय धु्रवकुमार थारूलाई पक्राउ गरिएको छ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही नगरपालिका–६ बस्ने २८ वर्षीय मिलन कार्की ढोली, सोही नगरपालिका–१३ बस्ने २३ वर्षीय रोहन राजवंशी, सोही नगरपालिका–९ बस्ने ३५ वर्षीय मनिष उप्रेती र झापा गाउँपालिका–४ बालुबाडी नयाँ टोलबाट ब्राउनसुगरसहित सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय समीर प्रसाईलाई पक्राउ गरिएको छ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–८ चारकुनेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७७० मिलिग्रामसहित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ बस्ने २७ वर्षीय श्यामकुमार रजकलाई पक्राउ गरिएको छ।
यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–३ शान्तिवनबाट ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई पक्राउ गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट पनि खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सबै जना शनिबार पक्राउ परेका र उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - २२:०८
काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...
बैशाख २६ गते, २०८३ - २२:०६
काठमाडाैं । तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...
बैशाख २६ गते, २०८३ - २१:२७
काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...


प्रतिकृया लेख्नुहोस्: