काबुल । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले करीब २८ करोड अमेरिकी डलर मूल्य बरावरका २९ वटा परियोजनाहरू स्वीकृत गरेको आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति मार्फत घोषणा गरेको छ ।
आर्थिक मामिला तथा उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ४४ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी अन्ततः २९ वटा प्रमाणित गरेको जनाइएको छ ।
स्वीकृत गरिएका प्रमुख परियोजनाहरुमा पूर्वी परवान प्रान्तमा सिमेन्ट उत्पादन क्षमता विस्तार गर्ने, मध्य बाम्यान प्रान्तमा हाजीगक खानीका लागि फलाम प्रशोधन संयन्त्र निर्माण गर्ने, २२५ मेगावाटको थर्मल पावर प्लान्ट निर्माण गर्ने लगायतका परियोजना रहेका छन् ।
परियोजना अन्तरगत ११ वटा प्रान्तमा अस्पताल निर्माण गर्ने, पन्जसिर र दयाकुन्डी प्रान्तमा सय शय्याको अस्पतालमा बाँकी काम सम्पन्न गर्ने र धेरै प्रान्तहरूमा बिजुली प्रसारण र वितरण परियोजनाहरू कार्यान्वयन गर्ने योजना समावेश छ ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत वर्ष राष्ट्रव्यापी रुपमा करिब दुई अर्ब मूल्यका ५६२ वटा विकास र पूर्वाधार परियोजनाको अनुमोदन गरेको घोषणा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...
पौष १७ गते, २०८२ - १८:२६
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको ...
पौष १७ गते, २०८२ - १८:२५
ब्रसेल्स । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध...




प्रतिकृया लेख्नुहोस्: