काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकमा, संघीयताको मर्मअनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वयलाई सुदृढ पार्दै अघि बढ्न ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।
धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो समय स्थानीय तहलाई निर्देशन दिँदै आएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो निर्देशनको जानकारी गराएकी छिन्।
विशेषगरी, बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उनले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएकी थिइन्। उनले स्पष्ट गरेकी छिन्, “म, धादिङ क्षेत्र नं। १ बाट निर्वाचित जनप्रतिनिधिको हैसियतले, आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि राजमार्गमा अब उपरान्त ‘पटके कर’ वा यस्तै प्रकृतिका अवैध कर संकलन कार्य कदापि स्वीकार्य नहुने स्पष्ट गर्दछु। यस प्रकारका गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित सबै पालिका तथा सरोकारवाला निकायलाई निर्देशन दिन्छु।”
उक्त कार्यप्रति स्थानीय तहका जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए। आशिकाले ३ चैतमा चलानी नम्र २८५० मार्फत धादिङका पालिकाहरूलाई पत्र प्रेषित गरेकी थिइन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले जारी विज्ञप्तिमा भनेका छन्, “प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरू कुण्ठित गरी प्रशासनमार्फत अंकुश लगाउने प्रयासका रुपमा लिँदै स्थानीय सरकारको अधिकार क्षेत्रमा सुरु भएको सांकेतिक हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १२:३२
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित...
जेष्ठ ३१ गते, २०८३ - १२:२२
उर्लाबारी। मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ । गाउँबाट छोरा–बुहारी नातिसँगै ...
जेष्ठ ३१ गते, २०८३ - १२:११
काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको...
जेष्ठ ३१ गते, २०८३ - ११:५२
सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, ...
जेष्ठ ३१ गते, २०८३ - ११:३७
सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जन...
जेष्ठ ३१ गते, २०८३ - ११:०६
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...
जेष्ठ ३१ गते, २०८३ - १०:५५
तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१०...
जेष्ठ ३१ गते, २०८३ - १०:३९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएको छन्। काठमाडौँ महा...
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...



प्रतिकृया लेख्नुहोस्: