Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

खबरडबली संवाददाता

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।

प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।

मानिसको घर गोठ र वडा कार्यालयसहितका सार्वजनिक संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा ७५ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रनाउ गौतमले जानकारी दिए।

उनका अनुसार जिल्लाको पूर्वी क्षेत्र सिदिङ्वा गाउँपालिकामा हावाहुरीले बढी क्षति गरेको छ ।सो गाउँपालिका वडा नम्बर २ सादेवास्थित पुरानो वडा कार्यालय भवनको छाना हावाहुरीले उडाउँदा ५० लाख रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।

सोही वडाको नयाँ भवनसँगै रहेको खाद्यान्न पिस्ने मिलको छाना हावाहुरीले उडाउँदा करिव दुई लाख रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष पूर्णबहादुर लिम्बूले जानकारी दिए।

यस्तै सिदिङ्वा गाउँपालिकाकै वडा नं ३ आङ्खोपमा स्थानीय राजन बराइलीको जस्तापाताले छाएको घरको छाना हावाहुरीले उडाउँदा एकलाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका वडा नं.५ लिम्बुदिनस्थित याङ्खापाका विराज इधिङ्गोको कच्ची घरको फुसको छाना उडाउँदा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ ।

याङ्खापाकै रत्नबहादुर इधिङ्गोको घरको फुस (खर) को छाना हावाहुरीले उडाउँदा दुई लाख रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।

लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार हावाहुरीका कारण सिमल र बरको रूख ढलेर चुङबुङ टोलका टीका राईको घरमा क्षति पुगेको छ ।

सोही ठाउँमा रहेको अम्विका आधारभूत विद्यालयको शौचालयसमेत क्षति पुगेको वडाध्यक्ष लिम्बूले जानकारी दिए।सिदिङ्वा गाउँपालिकाकै वडा नं। ६ मेहेलेमा स्थानीय चन्द्र बहादुर कामी, रुपमाया राई, देवीप्रसाद गौतम र मनकुमार राईको घरमा हावाहुरीले क्षति गरेको छ ।

त्यस्तै सोही वडाका अमृत लिङ्देन, सञ्जीव राई र कलादेवी राईको घरमा समेत हावाहुरीले क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरु सबैको जस्तापाता र फुसले छाएको घरको छाना हावाहुरीले उडाउँदा पाँच लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेहेलेमै केशरमान राई र सुजन राईको स्मृतिमा निर्माण गरिएको पक्की धर्मशाला (विश्रामस्थल) हावाहुरीका कारण रूख ढलेर भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ ।

सोही गाउँपालिका वडा नं. ७ सुरुम्खिममा स्थानीय फूलमाया गुरुङ र मानबहादुर कामीको जस्तापाता छाएको घरको छाना तथा लक्ष्मण पाँचकोटीको फुसले छाएको घरको छाना हावाहुरीले उडाउँदा सात लाख १० हजार रुपियाँ बराबरको क्षति हुने पुगेको प्रहरीले विवरण सङ्कलन गरेको छ ।

यसैगरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको फाक्से दोभानका हर्कबहादुर तामाङको घरको छाना हावाहुरीले उडाएर क्षति पुऱ्याउँदा एक लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको छ ।

 त्यस्तै आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका धनबहादुर बराइलीको कच्ची घरको छाना हावाहुरीले उडाउँदा ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending