Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

खबरडबली संवाददाता

काठमाडौँ । गतवर्ष असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण गम्भीर रूपमा क्षतिग्रस्त बनेको बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) हाल डाइभर्सन बनाएर सञ्चालनमा छ। बाढीले सडक नै बगाएपछि कटुञ्जेबेशी, मंगलटार र नेपालथोक क्षेत्रका विभिन्न खण्डमा खोलामै अस्थायी सडक निर्माण गरी सवारी आवतजावत गरिँदै आएको छ।

खोलामाथि बनाइएको अस्थायी सडक प्रयोग गर्दा यात्रुले उच्च जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। सडक साँघुरो,Pure नदीजन्य सामग्रीमा बनेको र अस्थायी भएकाले दुर्घटनाको जोखिम बढेको स्थानीय र यात्रुहरूको गुनासो छ। क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समयसमेत दोब्बरभन्दा बढी बढेको छ।

धुलाम्य सडक खण्डमा धुलो नियन्त्रणका लागि पानी हाल्दा सडक चिप्लिने समस्या थपिएको छ। यसले सवारी साधन चिप्लिने, ब्रेक नलाग्ने र दुर्घटना हुने सम्भावना झनै बढाएको चालकहरूको अनुभव छ। विशेषगरी रातको समयमा र वर्षा हुँदा यात्रा अत्यन्त जोखिमपूर्ण हुने गरेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गका विभिन्न खण्डको पूर्ण पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। भकुण्डेदेखि नेपालथोकसम्मका धेरै स्थानमा सडक, पुल, तटबन्ध र पहिरो नियन्त्रण संरचना निर्माण गर्नुपर्ने भएकाले लागत अत्यधिक बढ्ने कार्यालयको भनाइ छ।

तर यति ठूलो रकमको स्रोत भने हालसम्म सुनिश्चित भइसकेको छैन। पुनर्निर्माणका लागि बजेट अभाव हुँदा दीर्घकालीन समाधानमा ढिलाइ भइरहेको छ भने यात्रु र ढुवानी व्यवसायीले सास्ती भोग्नुपरेको छ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म करिब १२ किलोमिटर सडकखण्डमध्ये झण्डै ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो। कतिपय स्थानमा सडकसहित तटबन्ध र संरचना बगाएका कारण पुनर्निर्माण झनै जटिल बनेको छ।

बिपी राजमार्ग मुलुकको पूर्व–पश्चिम र मध्य पहाडी क्षेत्र जोड्ने महत्वपूर्ण वैकल्पिक राजमार्गका रूपमा चिनिन्छ। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग छोटो दूरीमा जोड्ने यो सडक व्यापार, ढुवानी, पर्यटन र स्थानीय जनजीवनका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

उल्लेखनीय छ, जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो। कुल १६० किलोमिटर लामो यो सडक खण्ड–खण्डमा निर्माण गरी २०७२ असार १८ गते सम्पन्न गरिएको थियो। निर्माण सम्पन्न भएपछि जापान सरकारले औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो।

बाढीपहिरोका कारण पुनः ठूलो क्षति बेहोरेको बिपी राजमार्गको समयमै पुनर्निर्माण नहुँदा यात्रु सुरक्षा, आर्थिक गतिविधि र दीर्घकालीन पूर्वाधार व्यवस्थापनमा गम्भीर प्रश्न उठ्न थालेका छन्।

bp-highway-82-9-17 (2).jpgbp-highway-82-9-17 (1).jpgbp-highway-82-9-17 (8).jpgbp-highway-82-9-17 (7).jpgbp-highway-82-9-17 (6).jpgbp-highway-82-9-17 (5).jpgbp-highway-82-9-17 (4).jpgbp-highway-82-9-17 (3).jpgbp-highway-82-9-17 (14).jpgbp-highway-82-9-17 (14).jpgbp-highway-82-9-17 (10).jpgbp-highway-82-9-17 (9).jpgbp-highway-82-9-17 (13).jpgbp-highway-82-9-17 (10).jpgbp-highway-82-9-17 (12).jpgbp-highway-82-9-17 (11).jpgbp-highway-82-9-17 (16).jpgbp-highway-82-9-17 (15).jpg

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : १ लाख २० हजार दुर्घटनामा १२ हजार ६ सय ७७ मृत्यु

काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...

मोरङमा गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...

भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा  । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending