Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

महोत्तरी चिसोमा चटाइ र घूरको भर

खबरडबली संवाददाता

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापेर चिसो धपाउने प्रयास जारी छ ।

पुस ३ गतेदेखि शीतलहर सुरु भएको महोत्तरीलगायत मधेसका अधिकांश ठाउँमा बढेको शीतलहरले जाडो बढ्दै गएपछि बस्तीमा जताततै ‘घूर’मा चारैतिर बसेर तातिएको महसुस लिनु गरिबहरूको नियति नै बनेको छ । “के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ ? के लायौ ? सोध्न आएनन्, कमसेकम दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो”, लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा भन्छिन्, “यही घूर तापेर जाडो काट्नु छ ।”

जिल्लामा खासगरी मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदाय गरिबी, अशिक्षा र कुपोषणको सिकार बनेका छन् । प्रत्येक वर्ष जाडो लागेपछि यी बस्तीको बिचल्ली सुरु हुन्छ । न अन्न राख्ने कोठी न ओढ्ने, ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगा ।

गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने यही पचपची धुवाँ निस्कने ‘घूर’ र ओढ्न-ओछ्याउन चटाइ (परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ) को भर । “भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो”, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्नुहुन्छ, “राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा ।”

रात काटन ‘घूर’ र ‘चटाइ’को सहारा लिएका यी गरिब उज्यालो हुँदा पारिलो घामको आस गर्छन् । तर पछिल्ला करिब दुई सातायता राम्ररी घाम नदेखिँदा गरिब बस्तीको बिजोग झनै बढेको छ ।

“हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो”, लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्नुहुन्छ, “भगवान्को यस्तै खटन छ ।” यो लामो शीतलहरले सुत्न, बस्नमात्र नभएर गरिब बस्तीमा खानपिनको अभाव पनि बढ्दै गएको भङ्गाहा–५ कर्पुरगञ्जको बाँतरटोलका ६० वर्षीय रामजुलुम बाँतर बताछन् । “बनबिुतो गरेर जीवन धान्नु पर्नेलाई यो शीतलहरले काममा निस्कन दिएको छैन, घरमा भएको अन्नपात सकिदै गएपछि अब भोकभोकै पर्ने दिन आउँदैछन्”, उनी भन्छन् ।

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिन्छ । तर जिल्लामा बाँतर भने भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE