निर्माण कार्य जारी रहेकाले वर्षायाममा सडकका अधिकांश खण्ड हिलाम्मे बनेका छन्। सडक चौडा पार्ने, पहाड काट्ने र संरचना निर्माण भइरहेकाले मालवाहक कन्टेनर, ट्रक तथा अन्य सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ। साँघुरो र हिलोयुक्त सडकका कारण दैनिक आवतजावत प्रभावित बनेको छ।
रसुवागढी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारिक नाका हो। यही मार्ग हुँदै दैनिक सयौँ मालवाहक सवारीसाधन चीनको केरुङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्छ। त्यसैले सडकको क्षमता विस्तार र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राख्दै दुई लेनको आधुनिक सडक निर्माण अघि बढाइएको हो।
गत वर्ष आएको बाढीले सडकका केही भाग बगाउनुका साथै पर्खाल भत्काएको र पहिरोको जोखिम बढाएको थियो। त्यसपछि चीन सरकारले क्षतिग्रस्त सडक पुनर्निर्माणसँगै दीर्घकालीन रूपमा सुरक्षित बनाउने उद्देश्यले स्तरोन्नतिको काम सुरु गरेको हो।
निर्माणअन्तर्गत सडक चौडा पार्ने, रिटेनिङ वाल निर्माण, कल्भर्ट जडान तथा पहिरो नियन्त्रणका विभिन्न संरचना निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएपछि दुईतर्फी सवारीसाधन सहज रूपमा सञ्चालन हुने, यात्रा समय घट्ने तथा नेपाल–चीनबीचको आयात–निर्यात थप सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यसले रसुवागढी नाकाको आपूर्ति प्रणाली, व्यापारिक गतिविधि र पर्यटन क्षेत्रलाई समेत ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
यद्यपि, लगातारको वर्षाले निर्माण कार्यमा केही असर परेको छ। सडकमा हिलो, खाल्डाखुल्डी र पहिरोको जोखिम कायम रहेकाले यस मार्ग प्रयोग गर्ने चालक र यात्रुलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। निर्माण कम्पनीले भने मौसम अनुकूल हुनासाथ कामलाई तीव्र बनाउँदै सडकलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: