बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फरार रहेका कैदीमध्ये केही भारतीय पनि रहेकाले त्यहाँको प्रहरीसँग समन्वय भइरहेको डीआईजी राजेन्द्रप्रसाद भट्टले बताए ।
भागेका कैदीलाई आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले सुरक्षा चुनौतीको रूपमा लिइरहेका छन् । डीआईजी भट्टले त्यसका लागि रणनीति बनाइरहेको बताए ।
जेनजी प्रदर्शनका क्रममा फागुन २४ गते कपिलवस्तु कारागारबाट ४३० जना कैदीहरू कारागार तोडफोड गरेर भागेका थिए । तीमध्ये ३०९ जना सम्पर्कमा आए भने १२१ जना फरार रहेको कपिलवस्तु कारागारका जेलर दलबहादुर बस्नेतले जानकारी दिए ।
भागेकामध्ये १३ जना कैदी भारतीय हुन् । उनीहरू भारततिरै लुकेर बसेको हुनसक्ने बस्नेतले बताए । भदौ २४ मा नवलपरासीको परासी कारागार, दाङको तुलसीपुर कारागार र बाँकेको नेपालगन्ज कारागारबाट कैदीहरू भागेका थिए ।
परासी कारागारबाट भागेका ५ सय ४६ जनामध्ये १८४ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूमध्ये ३८ जना भारतीय नागरिक हुन् । तीन जना भारतीय कैदी कारागारमा फर्किएका कारागार कार्यालयले जनाएको छ । उनीहरूको तस्बिरसहितको विवरण प्रहरीले भारतीय प्रहरीलाई पठाएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा आएका छैनन् । फरारमध्ये अहिलेसम्म ५२ जनालाई मात्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जसमा केही विभिन्न स्थानबाट पक्राउ परेका हुन् भने केही आफैँ हाजिर भएका हुन् ।
कारागार प्रशासनले फरार बन्दीहरूलाई असोज २० गतेसम्म हाजिर हुन समयसीमा दिएको थियो । हाल कारागारमा बन्दीहरू फर्किने क्रम रोकिएको छ । तुलसीपुर कारागारबाट २५३ जना फरार रहेकोमा ७० जनालाई नियन्त्रण लिन नसकिएको जेलर गिरीबहादुर सेजवालले जानकारी दिए । तीमध्ये ८ जना भारतीय नागरिक छन् । भागेका कैदीमध्ये एक जनाको नेपालगञ्जमा मृत्यु भएको गिरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...
पौष १६ गते, २०८२ - १८:११
काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...
पौष १६ गते, २०८२ - १८:०७
पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...




प्रतिकृया लेख्नुहोस्: