मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, प्रदेश सभा सदस्य तथा तत्कालीन कर्णाली प्रदेशका पर्यटन मन्त्री जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोगमार्गलाई स्तरोन्नति गर्न पटकपटक माग गर्दै आएको छन् ।
तत्कालीन मन्त्री शाहीले भने, ‘‘नाग्मदेखि गमगढीसम्म सडक स्तरोन्नति नहुँदा हजारौं नागरिकदेखि रारा घुम्न आउँने पर्यटकले समस्या खेप्नुपरेको छ । सडक स्तरोन्नति नभएकै कारण सवारी दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका छन् । यो मृत्यु मार्गलाई कहिले राजमार्गमा परिणत गर्ने हो ?’’
तत्कालीन सङ्घीय सांसद शाहीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्नलाई सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ ।
साँघुरो र खाल्डाखुल्डीका कारण लोगमार्गमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मेको सामाना गर्दै आएका छन् । नाग्म–गमगढी सडक सञ्चालन आएको वर्षौं दिन बितिसक्यो, तर सम्बन्धित निकायले कालोपत्रे गर्नेतर्फ ध्यान दिन नसकेको मुगमकार्मारोङ गाउँपालिका वडा नं– ८ का यात्रु रामसिंङ रोकायाले बताए।
त्यस्तै, जिल्ला नागरिक समाजका संयोजकसमेत रहेका निवृत्त शिक्षक रुपबहादुर मल्लले नाग्म–गमगढी लोगमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै काम नभएको बताउछन् ।
सडक एक लेनको मात्र हुँदा यात्रा जोखिमपूर्ण बनेको मल्लको भनाइ छ । ‘‘लोगमार्ग एक लेनको छ, धुमरौंमा दुर्घटना बढ्ने जोखिम छ । माटोको परीक्षण नभई सडक खनिएका कारण पहिरो जाने समस्या उत्तिकै छ,’’ उनले भने, ‘सडक फराकिलो बनाउन सकिने ठाउँहरू भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’’
सडकलाई कम्तीमा दुई लेनको बनाउनुपर्ने उहाँको माग छ । मल्लका अनुसार गत असोजमा नाग्म–गमगढी लोगमार्गअन्तर्गत पिना गाउँको तपनेखोलामा ३२ जना यात्रुले गाडी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।
लोगमार्गमा पक्की पुल निर्माण नहुँदा, खाल्डाखुल्डी र साँघुरो मोड एक लाइन सडकले दुर्घटनाको जोखिम उच्च रहेको सवारीचालक हेमराज हमालले बताए।
यता सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख दीपेन्द्र चौधरीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्न यो आर्थिक वर्ष पनि सम्बन्धित मन्त्रालयले बजेटको व्यवस्थापन गरेको छैन । छायाँनाथ रारा नगरपालिका–८का स्थानीय समाजसेवी अमरबहादुर रावलले लोगमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले दु:ख पाइरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १६:५३
सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ । सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...
जेष्ठ २० गते, २०८३ - १६:४३
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...
जेष्ठ २० गते, २०८३ - १६:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...
जेष्ठ २० गते, २०८३ - १६:०४
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...
जेष्ठ २० गते, २०८३ - १५:५४
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...
जेष्ठ २० गते, २०८३ - १५:४५
काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...
जेष्ठ २० गते, २०८३ - १५:१५
नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...
जेष्ठ २० गते, २०८३ - १४:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...



प्रतिकृया लेख्नुहोस्: