मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, प्रदेश सभा सदस्य तथा तत्कालीन कर्णाली प्रदेशका पर्यटन मन्त्री जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोगमार्गलाई स्तरोन्नति गर्न पटकपटक माग गर्दै आएको छन् ।
तत्कालीन मन्त्री शाहीले भने, ‘‘नाग्मदेखि गमगढीसम्म सडक स्तरोन्नति नहुँदा हजारौं नागरिकदेखि रारा घुम्न आउँने पर्यटकले समस्या खेप्नुपरेको छ । सडक स्तरोन्नति नभएकै कारण सवारी दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका छन् । यो मृत्यु मार्गलाई कहिले राजमार्गमा परिणत गर्ने हो ?’’
तत्कालीन सङ्घीय सांसद शाहीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्नलाई सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ ।
साँघुरो र खाल्डाखुल्डीका कारण लोगमार्गमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मेको सामाना गर्दै आएका छन् । नाग्म–गमगढी सडक सञ्चालन आएको वर्षौं दिन बितिसक्यो, तर सम्बन्धित निकायले कालोपत्रे गर्नेतर्फ ध्यान दिन नसकेको मुगमकार्मारोङ गाउँपालिका वडा नं– ८ का यात्रु रामसिंङ रोकायाले बताए।
त्यस्तै, जिल्ला नागरिक समाजका संयोजकसमेत रहेका निवृत्त शिक्षक रुपबहादुर मल्लले नाग्म–गमगढी लोगमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै काम नभएको बताउछन् ।
सडक एक लेनको मात्र हुँदा यात्रा जोखिमपूर्ण बनेको मल्लको भनाइ छ । ‘‘लोगमार्ग एक लेनको छ, धुमरौंमा दुर्घटना बढ्ने जोखिम छ । माटोको परीक्षण नभई सडक खनिएका कारण पहिरो जाने समस्या उत्तिकै छ,’’ उनले भने, ‘सडक फराकिलो बनाउन सकिने ठाउँहरू भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’’
सडकलाई कम्तीमा दुई लेनको बनाउनुपर्ने उहाँको माग छ । मल्लका अनुसार गत असोजमा नाग्म–गमगढी लोगमार्गअन्तर्गत पिना गाउँको तपनेखोलामा ३२ जना यात्रुले गाडी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।
लोगमार्गमा पक्की पुल निर्माण नहुँदा, खाल्डाखुल्डी र साँघुरो मोड एक लाइन सडकले दुर्घटनाको जोखिम उच्च रहेको सवारीचालक हेमराज हमालले बताए।
यता सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख दीपेन्द्र चौधरीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्न यो आर्थिक वर्ष पनि सम्बन्धित मन्त्रालयले बजेटको व्यवस्थापन गरेको छैन । छायाँनाथ रारा नगरपालिका–८का स्थानीय समाजसेवी अमरबहादुर रावलले लोगमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले दु:ख पाइरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १३:३५
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। यससँगै प्रदेश सरकार मुख्यमन्त्र...
पौष १६ गते, २०८२ - १३:२५
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। अदालतका सूचना अधिकारी रामबहादुर किसान भ...
पौष १६ गते, २०८२ - १३:०३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...
पौष १६ गते, २०८२ - १२:५०
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...
पौष १६ गते, २०८२ - ११:५०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...
पौष १६ गते, २०८२ - ११:३६
मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...
पौष १६ गते, २०८२ - ११:१७
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...
पौष १६ गते, २०८२ - १०:५७
कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...
पौष १६ गते, २०८२ - १०:४३
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...
पौष १६ गते, २०८२ - १०:३४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...




प्रतिकृया लेख्नुहोस्: