काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पर्साको बहुदरमाई–८ रामनगरीका शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार शक्ति राम सशस्त्र प्रहरी बलको पाँचखालस्थित १५ नम्बर हेडक्वार्टरमा असई पदमा कार्यरत थिए।
उनीहरूको शव पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनभित्र मौवाको रुखमा झुण्डिएको अवस्थामा बुधबार बिहान फेला परेको हो। वन समितिका प्रतिनिधिहरू अनुगमनका क्रममा पुगेका बेला शव देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो।
प्रहरीका अनुसार शवहरू अत्यधिक सडेको अवस्थामा भेटिएकाले घटना केही दिनअघिको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा उनीहरू छुट्टाछुट्टै पासोमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा फेला परेका कपडा, कागजात तथा परिवारजनसँगको पहिचानका आधारमा मृतकहरूको पहिचान पुष्टि गरिएको प्रहरीले जनाएको छ।
शक्ति राम वैशाख १९ गतेदेखि दुई दिनको बिदामा घरबाट निस्किएका थिए। त्यस्तै शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि दुवै जना सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन भएपछि दुवै परिवारले सम्बन्धित निकायमा खोजतलासका लागि निवेदन दिएका थिए। शक्ति रामका परिवारले सशस्त्र प्रहरीमा र शर्मिला चौधरीका परिवारले प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल मा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: