Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा, ६ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४सै घण्टा सुरक्षा रहने राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड तथा आगजनी भएको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपति बस्ने कुर्सीदेखि भित्तामा सजाइएका तस्बिरसम्म नष्ट गरेका थिए। सोही क्रममा भित्तामा राखिएका हात्तीका दुई थान दाह्रा समेत चोरी भएको अनुसन्धानबाट खुलेको हो।

घटना भएको करिब नौ महिनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरी चोरीमा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले हात्तीका दाह्रा चोरी प्रकरणमा संलग्न व्यक्तिहरू पक्राउ परेको पुष्टि गरेका छन्। उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले शीतल निवासबाट चोरी गरेर लगिएका दाह्रा काटेर विभिन्न भागमा विभाजन गरेका थिए। ती दाह्राका टुक्राहरू उनीहरूले आफ्ना घरमा सजावटका रूपमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

लुम्बिनी सरकारमा एमालेका चार नयाँ मन्त्री सिफारिस

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...

लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...

सुन चाँदी मुल्य कति बढ्यो ?

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा, ६ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

टिकटकमार्फत प्रहरीलाई अपशब्द प्रयोग गर्ने युवक पक्राउ

बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...

नौबस्ता कारागारमा झडपपछि २० कैदीलाई अन्यत्र सारियो

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending