Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

सोसल मिडियामा विचारविहीनहरूको होहल्ला बढ्यो: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै कब्जा गरिसक्यौँ भन्ने भ्रमपूर्ण होहल्ला फैलाइरहेको आरोप लगाएका छन् । 

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । 

उनले सामाजिक सञ्जालमा फैलाइने हल्लाप्रति सचेत रहन आग्रह गर्दै भने, “अहिले सोसल मिडिया हेर्दा विचारविहीन, इतिहासविहीन, त्याग–तपस्या र बलिदानबाट टाढा रहेकाहरूले देश पूरै कब्जा गरिसकेजस्तो वातावरण बनाइएको छ । सहर–बजारका केही मानिस यस्तै हल्लामा रमाइरहेका छन् ।दशकौँको संघर्ष, आन्दोलन र बलिदानबाट स्थापित शक्तिलाई बदनाम गर्ने प्रयास भइरहेको छ ।”

प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला फैलाउनेहरू नै मुक्तिदाता हुन् भन्ने झुटो प्रचार चलाइएको उल्लेख गरे । लामो इतिहास र बलियो वैचारिक आधार भएका पार्टीहरू सकिए भन्ने प्रचारलाई जनताले नपत्याएको उनको दाबी छ । “जनतामा अझै पनि नेपाली कम्युनिष्ट आन्दोलन र यसले अँगालेको विचारप्रति आकर्षण कायमै छ,” उनले भने । 

प्रचण्डले अहिलेको समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगप्रति गम्भीर सचेतना आवश्यक रहेको बताए । “एआईले मानव चेतनालाई नयाँ तहमा पुर्‍याइरहेको छ । तर, यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । हामी मोबाइल आफैँ चलाइरहेका छौँ, समाचार आफैँ पोस्ट गरिरहेका छौँ भन्ने लागे पनि यसको एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै नियन्त्रणमा छ,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending