Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नेपालमा छिमेकी र शक्तिशाली देशहरूको चलखेल: कोइराला

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको बताएका छन् । 

मंगलबार काठमाडौंको थापागाउँमा आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाल उत्तर र दक्षिणतर्फ दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको रणनीतिक भू–अवस्थितिमा रहेकाले अन्तर्राष्ट्रिय चासो बढ्नु स्वाभाविक भएको उल्लेख गरे । 

‘नेपाल एकदमै रणनीतिक स्थानमा छ । उत्तर र दक्षिणमा दुई ठूला छिमेकी छन् । विश्वका शक्तिशाली देशहरूको पनि यहाँ चासो र चलखेल छ,’ उनले भने, ‘यसलाई छैन भनेर नकार्न मिल्दैन, यो स्वाभाविक हो ।’

डा. कोइरालाले विदेशी शक्तिहरूमा नेपाली राजनीतिज्ञप्रति चासो र चिन्ता दुवै रहेको उल्लेख गरे । ‘उनीहरूको गुनासो छ-हामी जनताप्रति इमानदार भएनौं, उनीहरूसँग पनि इमानदार भएनौं,’ उनले भने, ‘उनीहरूले सधैं भन्छन्— जनताप्रति इमानदार बन, जनताको काम राम्रोसँग गर, हामीलाई झुक्याउने काम नगर्नू ।’

राजनीतिज्ञहरू कुर्सीका लागि गलत कदम चाल्नेतर्फ उन्मुख भएको टिप्पणी गर्दै उनले अब बन्ने सरकारले गलत काम गर्नेहरूलाई दण्डित गर्ने र सही प्राथमिकतालाई अघि बढाउने विश्वास व्यक्त गरे । ‘ढुक्क हुनुस्, हामी गर्छौं, हामी सक्छौं,’ डा. कोइरालाले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

काठमाडाैं उपत्यकामा भएका दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडाैं । उपत्यकाका तीन स्थानमा भएका दुर्घटनामा  तीनजनाको मृत्यु भएको छ। काठमाडौंको बुढानीलकण्ठ र टेकु तथा भक्तपुरको लोकन्थलीमा भएका दुर्घटनामा दुई ...

दाङमा विस्तार हुँदै स्ट्रबेरी खेती

दाङ । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् । चार वर्षदेखि व्या...

गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए

न्युयोर्क । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आ...

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका । बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनप...

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

मेलबर्न । अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो हप्तामा एक सय जना भन्दा बढीलाई पक्राउ गर्नुका साथै ३० वटा ह...

सन् २०२५ : अत्यन्त तातो वर्ष

डेट्रोइट । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ ।  यस वर्ष...

फ्लोरिडा वार्ता पछि नेतान्याहूद्वारा ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने घोषणा

अमेरिका । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ...

ओखलढुङ्गामा एक दम्पतीको हत्या

ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।  स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर...

चौथो ठुलो अर्थतन्त्र भएकाे मुलुक बन्याे भारत

काठमाडाैँ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending