Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

खबरडबली संवाददाता

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् । 

कहिलेकाहीँ दुई–चार जनाको सङ्ख्या तलमाथि भए पनि सयभन्दा माथिनै कैदीबन्दी कारागारले प्राय: थेगेको छ । निकै पुरानो जीर्ण भवनमा संरचना बिस्तार गर्ने उपाय छैन् । घाम नपर्ने चिसो ठाउँमा भएकाले कैदीबन्दीको चिसो मौसममा जीवन अझ कष्टकर छ । गुल्मीमा ‘घ’ श्रेणीको गुल्मी कारागार छ । 

कारागारमा महिला छ र दुई आश्रित बालबालिकासहित १०५ पुरुष रहेका छन् । क्षमताभन्दा चार–पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनको चुनौतीहरुको बारेमा बर्षेनी मानव अधिकार बर्ष पुस्तकमा छापिने, नियामक निकायबाट अनुगमन हुने गरे पनि नयाँ संरचना निर्माणमा कुनै पहल भएको छैन् । 

कैदीबन्दीहरु काठमा काममा अब्बल भएकाले तलमाथि सुत्न मिल्ने बेडहरु बनाएर सुताइको जेनतेन व्यावस्थापन गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले बताए। तर, शौचालय, भान्सा, बाथरुम र भित्र उद्यमको काम गर्न निकै सकस भइरहेको कारागार प्रमुख पन्थीले गुनासो गरे। कारागार संरचनाकै कारण महिला र पुरुष कैदीबन्दीहरुको छुट्टै भेटघाट गर्ने कक्ष र गेटहरु छैन । 

कारागारभित्र सुत्नकै लागि सकस भएकाले पुस्तकालय, टिभी, पत्रपत्रिकाको व्यावस्थापन समेत छैन । कारागारमा कसैलाई पनि काम नगर्ने छुट छैन । बाँसको सिन्का बनाउनेदेखि चौकोस, पलङ्गसम्मको काम गर्ने जनशक्ति कैदीबन्दीमै भएकाले उत्पादित सामग्री राख्न नसकिएको कारागार प्रमुख पन्थीले गुनासो गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

पार्टी नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending