Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

खबरडबली संवाददाता

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आप्रवासीको लागि प्रवेस गर्ने सिमा घटेको कारण सन् २०२४ को सङ्ख्यामा तीव्र गिरावट आएको समूहले जनाएको छ । 

क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर-१५ सम्ममा राखेको रेकर्ड अनुसार तीन हजार ९० जनाको मृत्यु भएको छ  भने अधिकांश मृत्यु अफ्रिकाबाट स्पेनको क्यानरी टापुमा एट्लान्टिक माइग्रेसन मार्गमा भएको थियो, जसलाई विश्वको सबैभन्दा खतरनाक मार्ग मानिन्छ । क्यानरीमा आप्रवासी आगमनमा “उल्लेखनीय” कमी आएको भए पनि गिनीबाट प्रस्थानसँगै द्वीपसमूहमा “नयाँ, अधिक टाढाको र अधिक खतरनाक” मार्ग देखा परेको जनाइएको छ । 

समूहले आप्रवासीका परिवारबाट तथ्याङ्क र उद्धार गरिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सङ्कलन गर्दछ । मृतकमध्ये ४३७ बालबालिका र १९२ महिला रहेको समूहले जनाइएको छ । क्यामिनान्डो फ्रन्टेरास सिमाले अल्जेरियाबाट मुख्यतया भूमध्ये सागरको इबिजा र फोरमेन्टेराको छुट्टी टापुमा पुगाउने डुङ्गाको सङ्ख्यामा वृद्धि भएको पनि जनाएको छ । परम्परागतरूपमा अल्जेरियालीले प्रयोग गर्ने यस मार्गमा सन् २०२५ मा सोमालिया, सुडान र दक्षिण सुडानबाट आप्रवासीको सङ्ख्या बढेको देखिएको समूहले जनाएको छ ।

सन् २०२४ मा समुद्रमार्फत् स्पेन पुग्ने प्रयासमा कम्तीमा दश हजार ४५७ आप्रवासीको मृत्यु वा बेपत्ता भएको जनाइएको छ । जुन सन् २००७ मा ट्र्याकिङ डाटा सुरु भएदेखि रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो । स्पेनको आन्तरिक मन्त्रालयले यस वर्षको डिसेम्बर-१५ सम्म ३५ हजार ९३५ आप्रवासी स्पेन पुगेको बताएको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४० प्रतिशतले कम हो । ती मध्ये अधिकाशं पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुमा एट्लान्टिक आप्रवासन मार्गबाट आएको जनाइएको छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending