नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गरेको छन्।
गत वर्ष राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका ४३ वर्षीय किसान मौर्यले यस वर्ष १०१ कठ्ठा जमिनमा आलुको बिउ रोपेर ८०० क्विन्टल बिउ उत्पादन गरिएको उनले बताए।
दुई दशकदेखि कृषिमा सक्रिय मौर्यले यस वर्ष आलुको बिउ निकै राम्रो उत्पादन भएको जनाउँदै उत्पादन गरिएको बिउ स्थानीय सरकारले निर्माण गरेको कोल्ड स्टोरमा भण्डारण गरिएको बताए।
उनका अनुसार यस वर्ष उन्नत जातको ‘कार्डिनल’ आलु ठुलो क्षेत्रफलमा खेती गरिएकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षमा सीमित उत्पादन हुने उक्त जातको आलु यस पटक बढी जमिनमा लगाइएकाले राम्रो उत्पादन भएको उनको भनाइ छ ।
सो आलु उत्पादन खेतीमा करिब पाँच लाख रुपियाँ लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा कोल्ड स्टोरबाट बिउ निकालेर प्रतिकिलो ३५ देखि ५५ रुपियाँसम्म बिक्री हुने बताए। यसबाट करिब १२ लाख रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
किसानहरूका अनुसार कात्तिक मसान्त वा मङ्सिरमा रोपिएको आलुको बिउ उत्पादन हुन ९० देखि १२० दिनसम्म लाग्ने गर्दछ । कोल्ड स्टोरमा बिउ राख्दा प्रतिकिलो चार रुपयिाँ शुल्क लाग्ने गर्दछ । डुडुवासँगै कोहलपुरमा पनि कोल्ड स्टोर सुविधा उपलब्ध रहेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेको प्रमुख विनोद घिमिरेले किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराइएको जनाउँदै उन्नत जातको पीबीएस दानाबाट बिउ उत्पादन गरिएको बताए। उनले यस वर्ष निकै राम्रो बिउ उत्पादन भएको बताए।
त्यसैगरी, कृषि ज्ञान केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले गुणस्तरीय आलु बिउ उत्पादनका लागि किसानले अनिवार्य रूपमा तालिम लिनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार सिन्धुपाल्चोकबाट ल्याइएको पीबीएस दानाबाट बाँकेमा राम्रो उत्पादन भइरहेको छ ।
जिल्लामा उत्पादन भएको आलुको बिउ ग्रेडिङ गर्ने कार्य अहिले भइरहेको जानकारी बाँकेका किसानले दिएका छन् । एक सातादेखि आलुको बिउ ग्रेडिङ भइरहेको हिरमिनियाका किसान मौर्यले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:२०
बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...
जेष्ठ २० गते, २०८३ - १०:०८
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...
जेष्ठ २० गते, २०८३ - ०९:५०
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...
जेष्ठ १९ गते, २०८३ - १७:१९
काठमाडौँ। नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरु...
जेष्ठ १९ गते, २०८३ - १७:०३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस...
जेष्ठ १९ गते, २०८३ - १६:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...
जेष्ठ १९ गते, २०८३ - १६:४२
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...



प्रतिकृया लेख्नुहोस्: