गाजा । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भने करिब तीस वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा ज्यान गएको हो ।
आँधीबेहरीपछि उद्धार टोलीहरू पानीले भरिएका अस्थायी पालहरूमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविरहरू हिलो र पानीले भरिएका छन्, जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको छ । आपतकालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गर्दै कठोर मौसमका कारण कमजोर पालहरू नष्ट भएको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएको चेतावनी दिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...




प्रतिकृया लेख्नुहोस्: