अफगानिस्तान । काबुलका पत्रकारहरूलाई उदृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरुले सीमित जानकारी न्युन पहुँचको आधारमा सुचना प्रभाह गर्नु पर्ने बाध्यता रहेको बताएको छ । उनीहरुले सीमित सुचना र पहुचको कारण प्रवाकारी सुचना प्रवाहमा कठिनाई आएको भन्दै चिन्तासमेत गरेका टोलो न्युजले जनाएको छ ।
उनीहरूले विगत एक वर्षमा सूचना प्राप्त गर्नमा ढिलाइ, मिडिया कानूनको अभाव र आर्थिक कठिनाइहरू जस्ता चुनौतीहरूको सामना गरेको जनाएका छन् ।
पत्रकार जबिहुल्लाह सरिफीलाई उदृत गर्दै टोलो न्यूजले अफगानिस्तानका पत्रकारहरूले सूचनाको पहुँचको अभाव र आर्थिक चुनौतिहरूसहित धेरै समस्याहरूको सामना गरिरहेको जनाएको छ ।
पत्रकार मोहम्मद मोहम्मदीले टोलो न्यूजलाई “ पत्रकारहरूले सूचनाको पहुँच र मिडिया कानूनको कार्यन्वयन गर्न आह्वान गरिरहेको बताएका छन् ।
अफगान पत्रकारहरुको सङ्गठनले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२५ मा पत्रकारको अधिकार उल्लङ्घनमा १८५ वृद्धि भएको जनाएको छ ।
अफगान पत्रकार सुरक्षा समितिले भने सन् २०२४ को तुलनामा सन् २०२५ पत्रकारका सुधार भएको बताएको छ । समितिका अनुसार सरकारी संस्था र पत्रकारबीच समझदारी स्थापित भएको छ ।
समितिका प्रमुख जामिल वेकारले टोलो न्यूजलाई “सरकारी संस्था र मिडियाबिच समझदारी हुनुका साथै दृष्टिकोण परिवर्तन भएको बताएका छन् । यद्यपि सूचना तथा संस्कृति मन्त्रालयले भने हाल सम्म कुनै टिप्पणी नगरी पत्रकारहरूको समर्थनमा जोड दिएको जनाइएको छ ।
धेरै पत्रकारहरूले टोलो न्यूजलाई जानकारीको पहुँचमा चुनौतिहरू अझै पनि वाँकी रहेको र यस क्षेत्रमा अझ बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
सूचना तथा संस्कृति मन्त्रालय र सम्बन्धित संस्थाहरूलाई पत्रकारहरूसँग सधैँ सहयोग गर्न आह्वान गरेका छन् भने सूचनामा पहुँचका लागि पत्रकार र मिडियालाई समयमै जानकारी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।
अफगानिस्तान पत्रकार युनियनले सूचनाको पहुँच सबै नागरिकहरूको अधिकार हो भन्ने कुरामा जोड दिँदै सुचनाले पारदर्शिता पनि सुनिश्चित गर्ने टोलो न्यूजले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...




प्रतिकृया लेख्नुहोस्: