Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सीमित सूचना र पहुँचको भरमा पत्रकारिता गर्न बाध्य अफगान पत्रकारहरु

खबरडबली संवाददाता

अफगानिस्तान । काबुलका पत्रकारहरूलाई उदृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरुले सीमित जानकारी न्युन पहुँचको आधारमा सुचना प्रभाह गर्नु पर्ने बाध्यता रहेको बताएको छ । उनीहरुले सीमित सुचना र पहुचको कारण प्रवाकारी सुचना प्रवाहमा कठिनाई आएको भन्दै चिन्तासमेत गरेका टोलो न्युजले जनाएको छ ।

उनीहरूले विगत एक वर्षमा सूचना प्राप्त गर्नमा ढिलाइ, मिडिया कानूनको अभाव र आर्थिक कठिनाइहरू जस्ता चुनौतीहरूको सामना गरेको जनाएका छन् ।

पत्रकार जबिहुल्लाह सरिफीलाई उदृत गर्दै टोलो न्यूजले अफगानिस्तानका पत्रकारहरूले सूचनाको पहुँचको अभाव र आर्थिक चुनौतिहरूसहित धेरै समस्याहरूको सामना गरिरहेको जनाएको छ ।

पत्रकार मोहम्मद मोहम्मदीले टोलो न्यूजलाई “ पत्रकारहरूले सूचनाको पहुँच र मिडिया कानूनको कार्यन्वयन गर्न आह्वान गरिरहेको बताएका छन् ।

अफगान पत्रकारहरुको सङ्गठनले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२५ मा पत्रकारको अधिकार उल्लङ्घनमा १८५ वृद्धि भएको जनाएको छ ।

अफगान पत्रकार सुरक्षा समितिले भने सन् २०२४ को तुलनामा सन् २०२५ पत्रकारका सुधार भएको बताएको छ । समितिका अनुसार सरकारी संस्था र पत्रकारबीच समझदारी स्थापित भएको छ ।

समितिका प्रमुख जामिल वेकारले टोलो न्यूजलाई “सरकारी संस्था र मिडियाबिच समझदारी हुनुका साथै दृष्टिकोण परिवर्तन भएको बताएका छन् । यद्यपि सूचना तथा संस्कृति मन्त्रालयले भने हाल सम्म कुनै टिप्पणी नगरी पत्रकारहरूको समर्थनमा जोड दिएको जनाइएको छ ।

धेरै पत्रकारहरूले टोलो न्यूजलाई जानकारीको पहुँचमा चुनौतिहरू अझै पनि वाँकी रहेको र यस क्षेत्रमा अझ बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

सूचना तथा संस्कृति मन्त्रालय र सम्बन्धित संस्थाहरूलाई पत्रकारहरूसँग सधैँ सहयोग गर्न आह्वान गरेका छन् भने सूचनामा पहुँचका लागि पत्रकार र मिडियालाई समयमै जानकारी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।

अफगानिस्तान पत्रकार युनियनले सूचनाको पहुँच सबै नागरिकहरूको अधिकार हो भन्ने कुरामा जोड दिँदै सुचनाले पारदर्शिता पनि सुनिश्चित गर्ने टोलो न्यूजले जनाएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending