उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा सम्पन्न उक्त तालिममा उदयपुर जिल्लाका पाँचवटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिव तथा उपभोक्तासहित ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गाइघाट वन डिभिजन कार्यालयका डिभिजनल वन अधिकृत गजेन्द्रनारायण श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नन डढेलोले जैविक विविधता, बन्यजन्तु, वातावरण तथा मानव जीवनमै गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणमा स्थानीय समुदायको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले तालिममा सिकेका सीप र ज्ञान व्यवहारमा उतार्न आग्रह गर्दै सामुदायिक वन उपभोक्ता स्वयं सचेत र जिम्मेवार भएमा बन डढेलो न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
तालिमको क्रममा त्रियुगा नगरपालिका–९ राजावासस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा बन डढेलो नियन्त्रणसम्बन्धी डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो । सहभागीहरूले बनमा लागेको आगो कसरी नियन्त्रण गर्ने, आगो फैलिन नदिन अपनाउनुपर्ने उपाय, प्राथमिक सुरक्षा सावधानी तथा आपतकालीन प्रतिक्रिया सम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए ।
तालिममा बन विज्ञ बासुदेव झाले जनचेतनाको कमीका कारण वन जंगलमा आगो लगाउने प्रवृत्ति बढेको बताउँदै यसलाई दीर्घकालीन रूपमा समाधान गर्न पानीका मुहानको संरक्षण, अग्निरेखा निर्माण, नियमित सरसफाइ, निगरानी प्रणाली सुदृढीकरण लगायतका व्यवस्थापनका उपाय अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सामुदायिक वन व्यवस्थापन योजनामै वन डढेलो नियन्त्रणका रणनीति समेट्नुपर्नेमा जोड दिए ।
तालिम अवधिभर प्रशिक्षक विनोद ज्ञावलीले वन डढेलोका कारण, प्रभाव, नियन्त्रण विधि, उपकरणको प्रयोग, जोखिम न्यूनीकरण र समुदायको भूमिका सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
यस अवसरमा विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव अधिकारीले वन डढेलो नियन्त्रणको मुख्य जिम्मेवारी उपभोक्ता स्वयंको हुने बताउँदै सबै उपभोक्ता सचेत, सक्रिय र जिम्मेवार भएमा बनमा लाग्ने आगोलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिनेमा आफू ढुक्क रहेको धारणा व्यक्त गरे ।
देउरी सब–डिभिजन वन कार्यालयका अधिकृत राजदेव ठाकुरका अनुसार तालिम पुस ११ र १२ गते दुईदिने कार्यक्रमका रूपमा ओरेक नेपाल, राजावासस्थित हलमा सञ्चालन गरिएको थियो । उनले यस्तो किसिमको तालिमले स्थानीय तहमा वन संरक्षण र दिगो व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमले वन डढेलो न्यूनीकरणमा सामुदायिक सहभागिता, व्यवहारिक ज्ञान र स्थानीय क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...
पौष १४ गते, २०८२ - १८:०६
जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...
पौष १४ गते, २०८२ - १८:०३
तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...
पौष १४ गते, २०८२ - १७:५९
मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...
पौष १४ गते, २०८२ - १७:५७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...
पौष १४ गते, २०८२ - १७:५३
भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...




प्रतिकृया लेख्नुहोस्: