Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

खबरडबली संवाददाता

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ ।

अघिल्लो आव २०८१/८२ मा कूल एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव २०८०/८१ मा एक लाख नौ हजार हेक्टर १५१ क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ प्रतिशतका दरले ४७ हजार ९७८ मेट्रिक टन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २३ प्रतिशतका दरले ४७ हजार २०३ मेट्रिक टन धान यस वर्ष उत्पादन भएको उनले बताए ।

उपत्यकाको काठमाडौँमा यस वर्ष तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ प्रतिशतका दरले १७ हजार ९२८ मेट्रिक टन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ प्रतिशतका दरले १९ हजार सात सय ३२ मेट्रिक टन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ प्रतिशतका दरले १४ हजार ९१४ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी कुँवरले बताए ।

यसवर्ष मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८८ प्रतिशतका दरले ३२ हजार नौ सय ५१ मेट्रिक टन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ७६ प्रतिशतका दरले ४६ हजार ५६८ मेट्रिक टन, काभ्रेमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २१ प्रतिशतका दरले ३४ हजार ५१४ मेट्रिक टन, रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६९ प्रतिशतका दरले २० हजार ८४ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ०३ प्रतिशतका दरले २३ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

यस्तै बागमती प्रदेशको दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६५ प्रतिशतका दरले सात हजार ३०८ मेट्रिक टन र रसुवा जिल्लामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव २२ प्रतिशतका दरले दुई हजार ४३१ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए । 

समयमा वर्षा र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन दर बढेको सूचना अधिकारी कुँवरको भनाइ छ । अघिल्लो वर्ष २०८१ असोज ११ र १२ को वर्षा र बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेकाले अघिल्लो वर्ष धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending