नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।
ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गको खजुरा बजार खण्डको एक हजार ८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का स्थानीय नेताको अगुवाईमा सडक फराकिलो पार्ने हस्ताक्षर अभियान सुरु गरिएको रास्वपाका खजुरा गाँउ समितिका नेता विजय गुरुङले बताए।
उनले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडि सारेर दुबै तर्फ १–१ मिटर सडक फराकिलो बनाएर कालोपत्रे गर्न हुलाकी राजमार्ग निर्देशनालयलाई आग्रह गर्ने गरि हस्ताक्षर सङ्कलन भइरहेको जनाए।
खजुरा बजार क्षेत्रको दाँया र बाँया दुवैतर्फ ४ लेन सडक सहित फराकिलो सडक निर्माण हुनुपर्नेमा बजार क्षेत्रमा साँघुरो र अव्यवस्थित सडक बन्दै गरेको हुँदा फराकिलो सडक निर्माणका लागि पहल स्वरुप हस्ताक्षर सङ्कलन गर्ने कार्य भइरहेको स्थानीयले जनाएका छन् ।
स्थानीयबासीले स्वतस्फुर्त रुपमा हस्ताक्षर गरेर दवाव सृजना गरिरहेको खजुराका स्थानीय अगुवा सुशील भट्टराईले बताए।
उनले जनताको हस्ताक्षर लिएर हुलाकी राजमार्ग निर्देशनालयमा डेलिगेसन जाने तयारी गरिएको पनि जानकारी गराए।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक निर्माणका लागि २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर, कम्तीमा ५ पटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता खारेज गरिएको थियो ।हाल हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा पुगेको सो सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
सडकसँगै हाल पेडारी नाला तथा किरण नालाको पुल निर्माणको काम पनि भइरहेको छ । हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टीकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् ।
साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुको रोजाइ हुलाकी राजमार्ग हुने गरेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १०:४१
काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको ...
बैशाख ३१ गते, २०८३ - १०:१८
स्याङ्जा। स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सह...
बैशाख ३१ गते, २०८३ - १०:०६
भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला स...
बैशाख ३१ गते, २०८३ - ०९:५७
सर्लाही। महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँतर्फ ग...
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...



प्रतिकृया लेख्नुहोस्: