सुलीकोट । गोरखा जिल्लाको आरुघाट गाउँपालिका – १० फुलपाती भञ्ज्याङमा अज्ञात समूहले एकै रात विभिन्न घर तथा पसलमा चोरी गरेका छन् । मङ्गलबार बेलुका साँझ रातिको समयमा सकुन्तला खत्रीको घर र डाडाँगाउँ आधारभूत स्वास्थ्य केन्द्र नजिक बस्ने रेनु खड्काको पसल तथा अञ्जित बरामको घरमा कोही नभएको अवस्था पारी चोरी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सकुन्तला खत्रीको घरबाट सुनको तिलहरी दुई तोला, बेरुवा रिङ डेढ तोला, गरी जम्मा साँढे तीन तोला सुनका गरगहन, चाँदीका सिक्री डेढ तोला तथा नगद १० हजार रुपियाँ चोरी भएको प्रहरीको भनाइ छ ।
त्यस्तै रेनु खड्काले सञ्चालन गर्दे आएको पसलबाट लण्डन बियर १२ वटा, रकस्टर बियर १६ वटा, कुखुराको मासु दुई केजी, २० प्याक रक्सी, राउटर, ब्याकअप कैची झोला, फलामको कराई जस्ता सामग्री समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटमा अज्ञात व्यक्तिहरुले ढोकाको ताल्चा तोडफोड गरी घर तथा पसलभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको भनाइ छ ।
घटनापछि पीडितहरुले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्याक प्रमाण सङ्कलन गरेको र चोरीमा संलग्न व्यक्तिहरुको खोजी तथा पहिचानका लागि अनुसन्धान तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दालाई रातिको समयमा घर तथा पसलको सुरक्षा सर्तकतमा ध्यान दिन आग्रह गर्दै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ । चोरीको श्रङखलाबद्ध घटनाले स्थायीमा त्रास बढेको भन्दै दोसीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाहीको स्थानीयले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...
पौष ९ गते, २०८२ - १३:०५
इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...
पौष ९ गते, २०८२ - १२:४८
काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...
पौष ९ गते, २०८२ - १२:४१
काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...
पौष ९ गते, २०८२ - १२:२९
महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...
पौष ९ गते, २०८२ - १२:१२
कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०...




प्रतिकृया लेख्नुहोस्: