Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

गोरखाको आरुघाटमा साँढे तीन तोला सुनसहित नगद चोरी

खबरडबली संवाददाता

सुलीकोट । गोरखा जिल्लाको आरुघाट गाउँपालिका – १० फुलपाती भञ्ज्याङमा अज्ञात समूहले एकै रात विभिन्न घर तथा पसलमा चोरी गरेका छन् । मङ्गलबार बेलुका साँझ रातिको समयमा सकुन्तला खत्रीको घर र डाडाँगाउँ आधारभूत स्वास्थ्य केन्द्र नजिक बस्ने रेनु खड्काको पसल तथा अञ्जित बरामको घरमा कोही नभएको अवस्था पारी चोरी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सकुन्तला खत्रीको घरबाट सुनको तिलहरी दुई तोला, बेरुवा रिङ डेढ तोला, गरी जम्मा साँढे तीन तोला सुनका गरगहन, चाँदीका सिक्री डेढ तोला तथा नगद १० हजार रुपियाँ चोरी भएको प्रहरीको भनाइ छ ।

त्यस्तै रेनु खड्काले सञ्चालन गर्दे आएको पसलबाट लण्डन बियर १२ वटा, रकस्टर बियर १६ वटा, कुखुराको मासु दुई केजी, २० प्याक रक्सी, राउटर, ब्याकअप कैची झोला, फलामको कराई जस्ता सामग्री समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आरुघाटमा अज्ञात व्यक्तिहरुले ढोकाको ताल्चा तोडफोड गरी घर तथा पसलभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको भनाइ छ ।

घटनापछि पीडितहरुले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्याक प्रमाण सङ्कलन गरेको र चोरीमा संलग्न व्यक्तिहरुको खोजी तथा पहिचानका लागि अनुसन्धान तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दालाई रातिको समयमा घर तथा पसलको सुरक्षा सर्तकतमा ध्यान दिन आग्रह गर्दै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ । चोरीको श्रङखलाबद्ध घटनाले स्थायीमा त्रास बढेको भन्दै दोसीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाहीको स्थानीयले माग गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending