Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नजिब रजाकलाई नजरबन्द अस्वीकार

खबरडबली संवाददाता

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग अस्वीकार गरेको छ । अदालतले पूर्व राजाद्वारा जारी गरिएको भनिएको परिशिष्ट शाही आदेश संवैधानिक प्रक्रियाअनुसार नबनाइएकाले वैध नहुने फैसला सुनाएको हो ।

न्यायाधीश एलिस लोकेका अनुसार राजाको दयाको विशेषाधिकार संविधानअनुसार माफी बोर्डको सिफारिसका आधारमा मात्र प्रयोग गर्न सकिन्छ । सन् २०२४ जनवरी २९ मा बसेको माफी बोर्डको बैठकमा नजरबन्दसम्बन्धी विषय उठाइएको पनि थिएन र स्वीकृत गरिएको थिएन । त्यसैले नजरबन्दको व्यवस्था ‘वैध आदेश होइन’ भन्ने ठहर गरिएको हो ।

७२ वर्षीय नजिब रजाकले अब आफ्नो बाँकी सजाय जेलमै पूरा गर्नुपर्नेछ । माफी बोर्डले गत वर्ष १२ वर्षको सजाय आधा घटाएपछि उनको कैद अवधि सन् २०२८ अगस्टमा समाप्त हुने तय भएको छ । फैसलापछि नजिबका वकिलले अदालतलाई उक्त निर्णयविरुद्ध अपिल गर्ने योजना रहेको जानकारी गराएका छन् ।

नजिबले १एमडिबी राज्य कोष घोटालासँग सम्बन्धित मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका छन् । शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र मनी लन्ड्रिङको अभियोगमा सन् २०२० मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । १एमडिबीको पूर्व एकाइ एसआरसी इन्टरनेसनलबाट चार करोड २० लाख रिङ्गिट रकम उनको खातामा पुगेको अभियोग प्रमाणित भएपछि उनले अन्तिम अपिल गुमाउँदै सन् २०२२ अगस्टमा जेल जीवन सुरु गरेको थियो, जससँगै उनी जेल जाने मलेसियाका पहिलो पूर्व प्रधानमन्त्री बने ।

नजिबले आफू गलत काममा संलग्न नभएको दाबी गर्दै लगानीकर्ता लो टेक झो (जो लो) ले आफूलाई ठगेको आरोप लगाउँदै आउनुभएको छ । तर घोटालाका मुख्य योजनाकार मानिने जो लो अझै फरार छन् ।

यसैबीच, उच्च अदालतले यही हप्ता १एमडिबी काण्डसँग प्रत्यक्ष सम्बन्धित अर्को मुद्दामा नजिब दोषी वा निर्दोष ठहर हुनेबारे पनि फैसला सुनाउने तयारी गरेको छ । उक्त मुद्दामा शक्तिको दुरुपयोगका चार र मनी लन्ड्रिङका २१ अभियोग छन्, जसमा दोषी ठहर भएमा थप लामो जेल सजाय हुनसक्नेछ ।

१एमडिबी काण्डले सन् २०१८ मा मलेसियामा ठूलो राजनीतिक भूकम्प ल्याएको थियो । जसका कारण सन् १९५७ देखि सत्तामा रहेको दल ऐतिहासिक चुनावी पराजयमा परेको थियो । दोषी ठहरिए पनि नजिबले अझै आफ्नो दल युनाइटेड मलेसियन नेसनल अर्गनाइजेशनमा प्रभाव कायम राखेको छ । उक्त दल हाल प्रधानमन्त्री अनवर इब्राहिमको नेतृत्वमा रहेको एकता सरकारको हिस्सा हो । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending