Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

नजिब रजाकलाई नजरबन्द अस्वीकार

खबरडबली संवाददाता

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग अस्वीकार गरेको छ । अदालतले पूर्व राजाद्वारा जारी गरिएको भनिएको परिशिष्ट शाही आदेश संवैधानिक प्रक्रियाअनुसार नबनाइएकाले वैध नहुने फैसला सुनाएको हो ।

न्यायाधीश एलिस लोकेका अनुसार राजाको दयाको विशेषाधिकार संविधानअनुसार माफी बोर्डको सिफारिसका आधारमा मात्र प्रयोग गर्न सकिन्छ । सन् २०२४ जनवरी २९ मा बसेको माफी बोर्डको बैठकमा नजरबन्दसम्बन्धी विषय उठाइएको पनि थिएन र स्वीकृत गरिएको थिएन । त्यसैले नजरबन्दको व्यवस्था ‘वैध आदेश होइन’ भन्ने ठहर गरिएको हो ।

७२ वर्षीय नजिब रजाकले अब आफ्नो बाँकी सजाय जेलमै पूरा गर्नुपर्नेछ । माफी बोर्डले गत वर्ष १२ वर्षको सजाय आधा घटाएपछि उनको कैद अवधि सन् २०२८ अगस्टमा समाप्त हुने तय भएको छ । फैसलापछि नजिबका वकिलले अदालतलाई उक्त निर्णयविरुद्ध अपिल गर्ने योजना रहेको जानकारी गराएका छन् ।

नजिबले १एमडिबी राज्य कोष घोटालासँग सम्बन्धित मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका छन् । शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र मनी लन्ड्रिङको अभियोगमा सन् २०२० मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । १एमडिबीको पूर्व एकाइ एसआरसी इन्टरनेसनलबाट चार करोड २० लाख रिङ्गिट रकम उनको खातामा पुगेको अभियोग प्रमाणित भएपछि उनले अन्तिम अपिल गुमाउँदै सन् २०२२ अगस्टमा जेल जीवन सुरु गरेको थियो, जससँगै उनी जेल जाने मलेसियाका पहिलो पूर्व प्रधानमन्त्री बने ।

नजिबले आफू गलत काममा संलग्न नभएको दाबी गर्दै लगानीकर्ता लो टेक झो (जो लो) ले आफूलाई ठगेको आरोप लगाउँदै आउनुभएको छ । तर घोटालाका मुख्य योजनाकार मानिने जो लो अझै फरार छन् ।

यसैबीच, उच्च अदालतले यही हप्ता १एमडिबी काण्डसँग प्रत्यक्ष सम्बन्धित अर्को मुद्दामा नजिब दोषी वा निर्दोष ठहर हुनेबारे पनि फैसला सुनाउने तयारी गरेको छ । उक्त मुद्दामा शक्तिको दुरुपयोगका चार र मनी लन्ड्रिङका २१ अभियोग छन्, जसमा दोषी ठहर भएमा थप लामो जेल सजाय हुनसक्नेछ ।

१एमडिबी काण्डले सन् २०१८ मा मलेसियामा ठूलो राजनीतिक भूकम्प ल्याएको थियो । जसका कारण सन् १९५७ देखि सत्तामा रहेको दल ऐतिहासिक चुनावी पराजयमा परेको थियो । दोषी ठहरिए पनि नजिबले अझै आफ्नो दल युनाइटेड मलेसियन नेसनल अर्गनाइजेशनमा प्रभाव कायम राखेको छ । उक्त दल हाल प्रधानमन्त्री अनवर इब्राहिमको नेतृत्वमा रहेको एकता सरकारको हिस्सा हो । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE