Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

खबरडबली संवाददाता

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ ।

बिहानै उदाउने सूर्यले हिमालका काखमा सुनौलो रङ पोतिदिँदा राइनासकोटको दृश्य झन लोभलाग्दो देखिन्छ । हल्का कुहिरो चिर्दै उदाउने घामसँगै अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ र माछापुच्छ्रे हिमशृङ्खला क्रमशः छर्लङ्ग्गै देखिँदा पर्यटक मन्त्रमुग्ध हुने गर्छन् । यही सूर्योदय हेर्न पर्यटक बिहानै डाँडा उक्लिने गर्छन् ।

विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनर्निर्माण भएसँगै यहाँ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । परम्परागत घुमाउने घर, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय पाहुना सत्कारले राइनासकोटलाई छुट्टै पहिचान दिएको छ । हाल १७ घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ एकै रातमा करिब १०० जनासम्म पाहुनाले बास बस्न सक्छन् ।

राइनासकोटबाट हिमाल मात्र होइन गोरखाको बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट र गोरखाबजारदेखि तनहुँको आँबुखैरनी, बन्दीपुर र दमौलीसम्मका बस्तीहरू सजिलै देख्न सकिन्छ । 

लमजुङको बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार र दूराडाँडासमेत आँखै अगाडि देखिने भएकाले यो डाँडा प्राकृतिक भ्यू–टावरकै रूपमा चिनिन थालेको छ । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष बालसिंह गुरुङका अनुसार यहाँबाट १८ जिल्लासम्म देख्न सकिन्छ ।

बाइसे–चौबिसे राजाको पालामा निर्माण भएको राइनासकोट किल्ला, कालिका, कोटेश्वर महादेव र थानीमाई मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थलले यस क्षेत्रको ऐतिहासिक गरिमा झल्काउँछन् । समुद्री सतहबाट एक हजार ७७४ मिटर उचाइमा रहेको राइनासकोटमा सूर्योदय र सूर्यास्त दुवै दृश्यावलोकन गर्न सकिन्छ । साँझपख अस्ताउँदै गरेको सूर्यले चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटमा रातो–पहेँलो आभा छर्दा पर्यटक लामो समयसम्म त्यो दृश्यमा हराउँछन् ।

राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार हप्ताको अन्त्यमा पर्यटकको चाप बढी हुने गरेको छ । शुक्रबार र शनिबार १०० देखि १५० जनासम्म पर्यटक आउने गरेका छन् । राइनास नगरपालिकाले राइनासकोटको पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउँदै लैजाने योजना अघि सारेको छ । नगर प्रमुख गुरुङका अनुसार होमस्टेलाई थप व्यवस्थित बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र सेवास्तर सुधार्ने काम भइरहेको छ । केन्द्र र प्रदेश सरकारको सहयोगमा पार्क निर्माण, मन्दिर पुनर्निर्माण, पुरातात्विक सम्पदाको संरक्षण र सडक सुधार पनि भइरहेका छन् ।

प्याराग्लाइडिङ, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मनमोहक दृश्यका कारण राइनासकोट पछिल्लो समय काठमाडौँ, पोखरा र चितवनलगायत सहरका पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पुग्न लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट करिब डेढ घण्टा यात्रा गर्नुपर्छ । रासस 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending