Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

सरकारको कार्यशैलीप्रति सीके राउतको असन्तुष्टि, ‘बाटो सच्याउन’ चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी दिएका छन्। सरकार बनेको सय दिन नपुग्दै उनले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै विकासको अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि प्रश्न उठाएका हुन्।

राउतले विकास भनेको केवल चिल्ला फुटपाथ र चौडा सडक निर्माण मात्र नभई हरेक नागरिकलाई बस्ने ठाउँ, आवास र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु रहेको बताएका छन्। उनले राजधानीमा गरिब, मजदुर र सीमान्तकृत समुदायलाई विस्थापित गरेर गरिने निर्माणलाई ‘नवधनाढ्यहरूको विलासिता’ को संज्ञा दिएका छन्।

राज्यको परिभाषा केवल जमिन नभई जनता भएको उल्लेख गर्दै उनले सरकार जनताको सेवाका लागि नियुक्त संयन्त्र भएको टिप्पणी गरेका छन्। 

सेना, बन्दुक, सत्ता वा सामाजिक सञ्जालका एल्गोरिदम र भ्यूजको आधारमा आफूलाई जनताभन्दा माथि ठान्नु खतरनाक हुने राउतले बताएका छन्। उनले इतिहासतर्फ संकेत गर्दै यसअघि सत्तामा रहेका व्यक्तिहरूले पनि आफूलाई सर्वशक्तिमान ठानेको उदाहरण दोहोर्‍याएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...

सशस्त्र प्रहरीका नयाँ आईजीपी पौडेलले गृहसचिवमार्फत फुली लगाउने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...

सरकारको कार्यशैलीप्रति सीके राउतको असन्तुष्टि, ‘बाटो सच्याउन’ चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी...

अनामनगरको साततले घर आंशिक भत्काएर फर्कियो डोजर

काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भए...

धोबीखोलाको चर्चित ठूलो घर भत्काउने तयारी, सुरक्षा सतर्कता कडा

काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको एक ठूलो घर भत्काउने तयारी गरिएको छ। अतिक्रमण गरेर निर्माण गरिएको भन्दै सरकारले उक्त संरचना हटाउने प्रक...

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । ...

आइतबार सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...

लालपुर्जा नभएका नागरिक हटाउने नीतिले लाखौँलाई गरिबीको चक्रमा फस्ने खतरा: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महामन्त्री शंकर पोखरेलले लालपुर्जा नभएका नागरिकलाई हटाउने नीति लागू गरिएमा करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा...

काठमाडौँमा सुकुमबासी बस्ती हटाउने अभियान जारी, कपनमा पनि डोजर चल्यो

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी आसपासका अतिक्रमित बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोही क्रममा आइतबार पनि विभिन्न क्ष...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending