अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइतबार जानकारी दिएको छ । रिहा हुनेमा विद्यालयका बालबालिकासहित कर्मचारीहरू पनि रहेका छन् ।
नोभेम्बर २१ मा बन्दुकधारीहरूले नाइजेरियाको उत्तर–मध्य नाइजर राज्यस्थित पापिरी समुदायको सेन्ट मेरी क्याथोलिक स्कूलमा आक्रमण गरी कम्तीमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षकलाई अपहरण गरेका थिए । घटनापछि केही घन्टामै ५० जना विद्यार्थी भाग्न सफल भएका थिए भने यस महिनाको सुरुआतमा थप १०० जना विद्यार्थी रिहा भएका थिए ।
नाइजर राज्य प्रहरीका प्रवक्ता वासिउ अबियोडुनले विज्ञप्ति जारी गर्दै अपहरण गरिएका बाँकी समूह पनि सुरक्षित रूपमा मुक्त भएको बताए । उनका अनुसार कर्मचारीसहित कुल १३० जना पीडितलाई रिहा गरिएको छ । विद्यालयका केही विद्यार्थी र शिक्षक अझै बेपत्ता छन् कि छैनन् भन्ने विषयमा सोधिएको प्रश्नमा उहाँले थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।
राष्ट्रपति बोला टिनुबुका प्रवक्ता बायो ओनानुगाले सामाजिक सञ्जाल एक्समार्फत अपहरण गरिएका बाँकी १३० जना विद्यार्थी रिहा भएको पुष्टि गरे । उनका अनुसार मुक्त गरिएका विद्यार्थीहरू सोमबार नाइजर राज्यको राजधानी मिन्ना पुग्नेछन् र क्रिसमसका अवसरमा आफ्ना परिवारसँग पुनर्मिलन गर्नेछन् । उनले यो सफलता सैन्य गुप्तचरद्वारा सञ्चालन गरिएको विशेष अभियानपछि सम्भव भएको पनि बताए ।
राष्ट्रपतिका अर्का प्रवक्ता सन्डे डेयरले पनि सबै १३० जना विद्यार्थी सुरक्षित रूपमा मुक्त भएको र कोही पनि कैदमा नरहेको स्पष्ट पारे ।
नोभेम्बर २१ को उक्त अपहरणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर स्थानीय बासिन्दाहरूले नाइजेरियाको उत्तर क्षेत्रमा सक्रिय सशस्त्र गिरोहहरूले फिरौतीका लागि विद्यालय र यात्रुहरूलाई लक्षित गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
नाइजर राज्यको यो घटना हालैका सामूहिक अपहरणहरूमध्ये एक हो । यसअघि छिमेकी केब्बी राज्यमा २५ जना विद्यालय विद्यार्थी अपहरणमा परेका थिए भने दक्षिणी क्वारा राज्यको एउटा चर्चबाट अपहरण गरिएका ३८ जना उपासकहरू पनि गत महिना रिहा भएका थिए ।
राष्ट्रपति टिनुबुमाथि देशभित्र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट पनि सुरक्षा सङ्कटलाई लिएर दबाब बढिरहेको छ । ट्रम्पले नाइजेरियामा इसाई समुदाय लक्षित हुने गरेको आरोप लगाउँदै आएका थिए ।
नाइजेरियाका अधिकारीहरूले यस्ता उद्धार अभियानबारे प्रायः कम विवरण सार्वजनिक गर्ने गर्छन् र अपहरणसम्बन्धी घटनामा गिरफ्तारीहरू दुर्लभ छन् । विश्लेषकहरूका अनुसार धेरैजसो अवस्थामा फिरौती तिरेर अपहरण अन्त्य गरिन्छ, यद्यपि सरकारी निकायहरूले फिरौती भुक्तानी भएको स्वीकार गर्ने गरेका छैनन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: