Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

खबरडबली संवाददाता

अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उनकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिए ।

उनको निधनसँगै पर्ल हार्बरको आकस्मिक आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या करिब एक दर्जनमा सीमित भएको छ । उक्त आक्रमणमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गएको थियो र यसले संयुक्त राज्य अमेरिकालाई दोस्रो विश्वयुद्धमा प्रवेश गराएको थियो ।

आक्रमणका बेला स्काब केवल २१ वर्षका जवान नाविक थिए । लामो समयसम्म उनले त्यो भयावह अनुभवबारे धेरै बोलेनन् । तर पछिल्ला वर्षहरूमा जीवित साक्षीहरू क्रमशः घट्दै गएको महसुस गरेपछि उनी ओरेगनस्थित आफ्नो घरबाट हवाई पुगेर पर्ल हार्बरको वार्षिक स्मरण कार्यक्रममा सहभागी हुन थालेका थिए । सन् २०२३ मा उनले ‘असफल नभएका साथीहरूलाई सम्मान गर्न’ आफू त्यहाँ जाने गरेको बताएका थिए ।

गत वर्षको स्मरणोत्सवका लागि उनले खडा भएर सम्मान प्रकट गर्न सक्ने शक्ति जुटाउन हप्तौँ अभ्यास गरेका थिए । तर यस वर्ष भने स्वास्थ्यले साथ नदिएपछि सहभागी हुन सकेनन्। त्यसको केही सातापछि नै उनको निधन भयो ।

सन् १९२० मा शिकागोमा स्वतन्त्रता दिवसका दिन जन्मिएका स्काब तीन दाजुभाइमध्ये जेठा थिए । उनले आफ्ना पिताको पाइला पछ्याउँदै १८ वर्षकै उमेरमा अमेरिकी नौसेनामा सेवा प्रवेश गरेका थिए ।

सन् १९४१ डिसेम्बर ७ को त्यो आइतबार बिहान शान्त वातावरणमा युएसएस डोबिन जहाजको ब्यान्डमा टुबा बजाइरहेका स्काब आफ्ना भाइको भेटको प्रतीक्षामा थिए । नुहाएर सफा वर्दी लगाइसकेका बेला अचानक आगलागी उद्धारको सङ्केत सुने । डेकमा निस्कँदा नजिकैको युएसएस उटाह पल्टिएको र जापानी विमानहरू आकाशमा घुमिरहेको दृश्य देखे ।

“हामी अत्यन्तै स्तब्ध भयौँ, डरले जमेको जस्तो भएको थियो”, उनले सन् २०२३ मा सम्झिएका थिए, “के हुन्छ भन्ने थाहा थिएन, तर केही भयो भने त्यो गम्भीर हुने निश्चित थियो ।”

उनी तुरुन्तै गोला–बारुदका बक्स लिन डेक मुनि झरे र विमान–विरोधी तोपमा गोला पु¥याइरहेका सहकर्मी नाविकहरूसँग मिलेर काम गरे । नौसेनाको रेकर्डअनुसार उनको जहाजले आक्रमणमा तीन जना नाविक गुमाएको थियो । स्काबले युद्धको अधिकांश समय प्रशान्त महासागर क्षेत्रमा बिताए । नयाँ हेब्रिड्स (हालको भानुआटु), मारियाना टापुहरू हुँदै उनी जापानको ओकिनावासम्म पुगे ।

युद्धपछि उनले एयरोस्पेस इन्जिनियरिङ अध्ययन गरे र अपोलो अन्तरिक्ष कार्यक्रमअन्तर्गत जनरल डायनामिक्समा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरे, जसले मानवलाई चन्द्रमामा पुर्‍याउन महत्त्वपूर्ण योगदान पु¥याएको थियो । उनका छोरा पनि नौसेनामा सेवा गरेर सेवानिवृत्त कमान्डर बनेका छन् ।

सन् २०२२ को एक समारोहमा बोल्दै स्काबले पर्ल हार्बरमा सेवा गर्ने सबैलाई सम्झन र सम्मान गर्न आग्रह गरेका थिए । “उनीहरू यहाँ किन थिए, त्यो सम्झनुहोस् । बाँकी रहेकाहरूलाई सम्मान गर्नुहोस्, जिउँदा वा दिवङ्गत, सबैले अत्यन्तै ठूलो काम गरेका छन्”, उनले भनेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending